उपासना महिला सहकारीको प्रवद्र्धनमा खाद्य उद्योग सञ्चालन
काठमाडौं, २२ साउन
सितापाइलामा स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको प्रवद्र्धनमा एएके खाद्य उद्योग सञ्चालनमा आएको छ । ‘महिला उद्यमी उप–समिति’ का सदस्यद्वारा सञ्चालित खाद्य उद्योगद्वारा उत्पादित सामग्रीको बजारीकरणमा समेत संस्थाले सहयोग गर्नेछ ।
बुधबार नागार्जुन– ६ जयन्तिगाउँमा रहने उक्त उद्योगको समुद्घाटन वडाअध्यक्ष राजेन्द्र बुढाथोकीले गर्नुभएको हो । उद्योग उद्घाटन गर्दै वडाध्यक्ष बुढाथोकीले महिला शसक्तिकरणको लागि उपासनाले चालेको यस्तो कमद प्रशंसनीय रहेको बताउनुभयो ।
महिलाहरुलाई सृजनशील बनाउने र रोजगारी दिने उद्देश्यले एएके खाद्य उद्योग सञ्चालनमा ल्याइएको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरावती महर्जनले जानकारी दिनुनुभयो ।

सञ्चालक सरिता थापाका अनुसार एएके खाद्य उद्योगले मिक्स दालमोठ, चना फ्राई, बदाम फ्राई, मुग नेम्किन, मसला लगायतका खाद्यबस्तुहरु उत्पादन गर्नेछ ।
उद्योगले स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै महिलाहरुको आर्थिक उत्थान गरी समृद्ध अर्थतन्त्रको विकासमा टेवा पुर्याउने विश्वास लिएको अध्यक्ष महर्जनले बताउनु भयो ।
नागार्जुन–४ सितापाइला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले १२ वर्षदेखि महिलालाई उद्यमशील बनाउन र सीपमुलक कार्यमा संलग्न गराई आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा विशेष भूमिका खेलेको अध्यक्ष महर्जनको दावी थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार