ब्याजदर अध्ययन गर्न उप समिति गठन, साउन महिना भित्रै प्रतिवेदन बुझाउनु पर्ने
काठमाडौं, १९ साउन
सन्दर्भ व्याजदर निर्धारण समितिले सहकारीको ब्याजदरबारे अध्ययन गरी सुझाव दिन उपसमिति बनाएको । आईतबार बसेको समितिको बैठकले राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा उपसमिति गठन गरेको हो । समितिले सहकारी संघ संस्थाको ब्याजदरको अध्ययन गरी प्रतिवेदन बुझाउने छ । सोही प्रतिवेदनको आधारमा नयाँ ब्याजदर तोकिने छ ।
उपसमितिमा नेपाल राष्ट्र बैंकका केदार पोखरेल, सहकारी विभागका सुरेन्द्रराज पौडेल, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्याल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई सदस्य रहनु भएको हो ।
उप समितिले वित्तीय बजार र सहकारी क्षेत्रको व्याजदर अध्ययन गरी प्रतिवेदन गर्नेछ ।
विभागले गत वर्ष साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋणमा १६ प्रतिशतभन्दा धेरै व्याज लिन नपाउने गरी सन्दर्भ व्याजदर लागू गरेको थियो । व्याजदर तोकिएको एकवर्ष वितिसक्दा पनि यसको पुनरावलोकन भएको छैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार