ओरेण्टलका सदस्यलाई सम्पत्ति दिई फरफारक गर्ने सुधीर बस्नेतको घोषणा !
काठमाडौँ । ओरेण्टल सहकारीका संचालक सुधीर बस्नेतले ओरेण्टल पीडितले सम्पत्ति फिर्ता पाउने घोषणा गरेका छन् ।
एक सूचना जारी गर्दै उनले ओरेयण्टल सहकारी संस्थामा जम्मा गरेको निक्षेपकर्तालाई संस्थाको नाममा रहेको चल-अचल सम्पत्तिबाट फरफारक गर्ने बताएका छन् ।
ओरेण्टलका नाममा बिभिन्न स्थानमा रहेको जग्गा संस्थाका पीडित सदस्यहरुलाई प्रक्रियागत रुपले चल-अचल सम्पत्ति दिई कारोबार फरफारक गरिने उक्त सुचनामा जनाईएको छ । सो सहकारीका नाममा देशका विभिन्न स्थानमा कयौं रोपनी जग्गा रहेको छ । उक्त प्रक्रियामा सहभागी हुन फरफारक नभएका पीडितहरुले ओरेन्टल सहकारीको आधिकारिक वेबसाईट ‘www.orientalcooperative.com’ मा गएर फारम भर्न सकिनेछ । तर उक्त फारम साउन २९ गतेबाट ६० दिनभित्र भर्न सकिने सूचनामा लेखिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार