विपत्मा सारथी बन्यो रामकोट सहकारी, ६ लाख २१ हजार ब्याज र जरिवाना छुट
धादिङ, १५ साउन
निलकण्ठ–८ साँघुटारमा मुख्य कार्यालय रहेको रामकोट बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधिमा सदस्यहरुलाई ६ लाख २१ हजार रुपैयाँ ब्याज र जरिवाना छुट गरेको छ । संस्थाले ५ देखि १५ प्रतिशतसम्म ब्याज छुट र शत प्रतिशत जरिवाना छुट गरेको हो ।
लकडाउनका कारण सदस्यहरुको आम्दानी नभएको अवस्थामा राहत स्वरुप संस्थाले छुट दिएको संस्थाका अध्यक्ष हेमराज श्रेष्ठले जानकारी दिनुभयो । ब्याज र जरिवाना छुट गरेपनि संस्थाका सदस्यहरु खुसी भएको उहाँको भनाई थियो । छुट दिएकै कारण समयमै ब्याज र किस्ता उठाउन समेत सफल भएको उहाँको भनाई छ ।
संस्थाले ब्याज छुट वापत २ लाख ६६ हजार ९ सय २५ रुपैयाँ र जरिवाना वापत ३ लाख ५४ हजार ४ सय ६३ छुट गरेको संस्थाका व्यवस्थापक दुर्गा श्रेष्ठले जानकारी दिनुभयो । संस्थाका सम्पूर्ण ऋणी सदस्यहरुले छुटको उपयोग गरेको उहाँलले बताउनुभयो ।
रामकोट साकोस समुदायमा आधारित धादिङ जिल्लाकै उत्कृष्ठ सहकारी संस्था हो । निलकण्ठ नगरपालिका भर कार्यक्षेत्र रहेको संस्थामा १४ सय ३ सदस्य आवद्ध भएका छन् । हाल संस्थाले निलकण्ठ नगरपालिका वडा नं. ८ र ९ मा मात्र सेवा प्रवाह गरेको छ । संस्थाको सेयर पुँजी ८० लाख ७४, बचत ४ करोड ७९ लाख ४३ हजार र लगानी ४ करोड ८६ लाख ३९ हजार रुपैयाँ रहेको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुयभो । संस्थाले रामकोट हटियामा सेवा केन्द्र खोली कारोबार समेत गर्दै आएको छ ।
जिल्लाकै उत्कृष्ठ वित्तीय सहकारी बनाउने अभियानका साथ अघि बढेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार