सहकारी प्रवर्द्धन कोषमा रकम जम्मा गर्नुभयो ?, समयमै पैसा जम्मा नगरे के हुन्छ ?
काठमाडौं, ८ साउन
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी व्यवसाय प्रवर्द्धन गर्न स्थापना गरेको कोषमा रकम जम्मा गर्ने समय अव ७ दिन मात्र बाँकी रहेको छ ।
असार १५ गते एक सूचना प्रकाशित गरेर मुलुकभरिका सहकारीलाई एक महिना भित्र प्रवर्द्धन कोषको बैंक खातामा रकम जम्मा गर्न ताकिता गरेको हो ।
मन्त्रालय मातहत रहेको सहकारी प्रवद्र्धन कोष सचिवालयले सहकारीलाई रकम जम्मा गरेपछि बैंक भौचर र त्यसको विवरण ईमेल मार्फत मन्त्रालयमा पठाउन सूचित गरेको थियो ।
सचिवालयले सहकारी संघ/संस्थालाई molmcpa@gmail.com मा ईमेल पठाउन आग्रह गरेको छ ।
सहकारी संघ/संस्थाले राष्ट्रिय वाणिज्य बैंकको चल्ती हिसाब खाता नं. १९६००००००९०१, कृषि विकास बैंकको चल्ती हिसाब खाता नं. ०१–००२–०१५८२९७४–०१–५ वा नेपाल बैंक लिमिटेडको चल्ती हिसाब खाता नं. २५९०१०००००२००७०००००१ KA. २.७.०.१ मा रकम जम्मा गर्नसक्ने कोषको सचिवालयले जनाएको छ ।
सहकारी ऐन, २०७४ ले सहकारी संघ/संस्थाहरुले आर्जन गरेको मुनाफाबाट २५ प्रतिशत जगेडा कोषमा छुट्टयाएपछि बाँकी रहेको रकमबाट शून्य दशमलव पाँच प्रतिशत रकम वार्षिकरुपमा सहकारी प्रवर्द्धन कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
बिवरण पठाउँदा भर्नुपर्ने अनुसूची फाराम :

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार