उपासना महिला साकोस १२ वर्षमा
काठमाडौं, ६ साउन
नागार्जुन–४ सितापाइला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्था १२ वर्षमा प्रवेश गरेको छ ।
तत्कालित डिभिजन सहकारी कार्यालय, काठमाडौंमा २०६६ साल ६ गते दर्ता भएको यस संस्था नागार्जुन नगरपालिका भित्रका एक उत्कृष्ठ समुदायमा आधारित सहकारी हो । नागार्जुन नगरपालिकाका महिलाहरुलाई सहकारीमा आवद्ध गराई बचत गर्ने बानीको विकास, रोजगारी तथा आयमूलक कार्यमा सदस्यलाई संलग्न गराउँदै आएको छ ।
महिला शसक्तिकरण अन्तर्गत महिलालाई विभिन्न प्रकारका क्षमता अभिवृद्धि गराई आर्थिक, सामाजिक एवं व्यक्तिगत रुपमा सक्षम बनाउने अभियानका उपासना सहकारी अग्रसर रहँदै आएको छ ।
संस्थाले विभिन्न बचत योजना, कर्जाका कार्यक्रमहरुका साथै सदस्यहरुको लागि विभिन्न किसिमका शिपमुलक तालिम मसते सञ्चाल गर्दै आएको संस्थाका अध्यक्ष अमरावती महर्जनले जानकारी दिनुभयो । संस्था सामाजिक क्षेत्रमा काम गर्ने अग्रणी स्थानीय सहकारी हो ।
हाल सदस्यहरुको लागि कर्जा अवधि एक वर्षबाट बढाएर तीन वर्ष पुर्याईएको अध्यक्ष महर्जनले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा पनि संस्थाले निरन्तर सदस्यको सेवामा समर्पित रहेको उहाँको भनाई छ ।
असार मसान्तसम्म किस्ता र ब्याज बुझाउने सदस्यहरुको एक लाख बराबरको म्यादी बिमा समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार