१६ वैशाख २०८३, बुधबार

सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक भोली बस्दै

२०७७ साउन ५, सोमबार
सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक भोली बस्दै

काठमाडौं, ५ साउन

सहकारी विभागले सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक भोली (साउन ६ गतें)लाई बोलाएको छ ।

सहकारी विभागका रजिष्ट्रारको संयोजकत्व रहेको १० सदस्यीय सन्दर्भ ब्याजदर निर्धारण समिति रहेको छ ।

सहकारीमा दोस्रो पटक सन्दर्भ ब्याजदर तोक्नको लागि बैठक डाकिएको हो । यस अघि दोस्रो चरणको पहिलो बैठक बैठक बसीसकेको छ । पहिलो बैठकमा सन्दर्भ ब्याजदरको कार्यान्वयल, समिक्षा लगायतको विषयमा छलफल भएको थियो । अबको बैठकले ब्याजदर तोक्ने विषयमा छलफल हुने बताईएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा माइक्रोफाइनान्सले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी ‘क्याप’ लगाइएपछि सहकारी संस्थाको पनि ब्याज घटाउन दबाब परेको छ । सहकारी क्षेत्रको नियामक निकाय सहकारी विभागलाई सहकारीको ब्याजदर घटाउने नैतिक दबाव परेको छ। सोही दबाब पछि हतार हतारमा बैठक डाकिएको हो ।

अभिलेख

लोकप्रिय