सुमेरु सहकारीले मनायो २२ औं वार्षिकोत्सव
ललितपुर, ३ साउन
पुल्चोक स्थित सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले २२ औं वार्षिकोत्सव मनाएको छ । शनिबार मुख्य कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरी २२ औं वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक गभर्नर टंक श्रेष्ठ, नेपालमा सबै भन्दा बढी रक्तदान गरी इतिहास रचेका प्रेमसागर कर्माचार्य, सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, महाप्रबन्धक हेमराज दाहाल, सुमेरु अस्पतालका निर्देशक दिलीप डंगोल, सचिव विनोद आचार्य, संस्थाका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रममा सुमेरु ग्रुप अफ कम्पनीमा आवद्ध संस्थाका व्यवस्थापक, कर्मचारी, खेलाडी, सदस्यहरु, सर्वसाधारणले रक्तदान गरेका थिए । कार्यक्रममा २ सय ८५ पाउण्ड रगत संकलन भएको थियो । रक्तदान कार्यक्रमको शुभारम्भ स्वयम् सेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले गरेका थिए ।
कार्यक्रममा अध्यक्ष महर्जनले रक्तदान जीवनदान शन्देश फैलाउन कार्यक्रम आयोजना गरिएको बताउनुहुँदै बिरामीलाई जीवन दान दिने शुभकार्यमा आउनु भएका सबैलाई धन्यावद दिनुभएको थियो ।
सुमेरु साकोस सदस्य तथा समुदाय केन्द्रित सहकारीको मर्म बोकेर स्थापना भएको हो । धापाखेलबाट २५ सदस्यबाट सुरु भएको सुमेरु हाल १५ सय सदस्य रहेको महाप्रबन्धक हेमराज दाहालले जानकारी दिनुभयो । सुमेरुले मुख्य कार्यालय, कालीमाटी, गठ्ठाघर, धापाखेलमा सेवा केन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार