कोप सप प्रवद्र्धनको लागि शुभलक्ष्मी सहकारीलाई महासंघले दियो १५ लाख
काठमाडौं, २० असार
नमुना सहकारी पसल (कोप सप) संचालन गरिरहेको शुभलक्ष्मी सहकारी संस्था, गौराहदह झापालाई राष्ट्रिय सहकारी महासंघले १५ लाख अनुदान दिएको छ ।
९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजिक कार्यक्रमको बीच भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले नमुना कोपसको प्रवद्र्धनका लागि अनुदान वापत सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
उपभोक्ता सहकारीको प्रवद्र्धन गर्ने र कोप सपमार्फत स्थानीय उत्पादनको बजारीकरण, कोप ब्रान्ड स्थापना गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सो अनुदान प्रदान गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताउनुभयो । यस अघि महासंघले भक्तपुरको एक उपभोक्ता सहकारीको प्रवद्र्धनका लागि अनुदान प्रदान गरेको थियो । सहकारी पसल संचालन गर्ने विषयलाई संघीय बजेटले समेत प्राथमिकता दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार