१८ वैशाख २०८३, शुक्रबार

सहकारीको काम लिएर हेटौंडा पुग्नु नपर्ने, ललितपुरमा कार्यालय स्थापना हुँदै

२०७७ असार १, सोमबार
सहकारीको काम लिएर हेटौंडा पुग्नु नपर्ने, ललितपुरमा कार्यालय स्थापना हुँदै

काठमाडौं, १ असार

बागमती प्रदेशको सहकारी विभागको कार्यालय ललितपुरमा स्थापना हुने भएको छ ।

बागमती प्रदेशको आज प्रस्तुत बजेटले सहकारीको दर्ता तथा नियमनको सहजताका लागि ललितपुरमा कार्यालय स्थापना गर्न आवश्यक व्यवस्था मिलाउने उल्लेख छ । आर्थिक तथा योजनामन्त्री कैलाश ढुंगेलले ललितपुरमा सहकारी कार्यालय स्थापना गर्ने बताउनुभयो ।

प्रदेशको मातहतमा रहेका काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र सहकारीको संख्या दुई हजार भन्दा बढी छन् । ती संस्थाको नियमन गर्न हेटौडाबाट सम्भव नभएकाले उपत्यकामा कार्यालय स्थापना गर्नुपर्ने सहकारीकर्मीले माग गर्दै आएका थिए ।

काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबादुर तामाङले उपत्यकाका सहकार्मीको मागलाई प्रदेश बजेटले सम्बोधन गरेको बताउनुभयो । काठमाडौं उपत्यकामा सहकारी कार्यालय स्थापना भएपश्चात धेरै सहज हुने उहाँको भनाई छ ।

अभिलेख

लोकप्रिय