कोरोना कोषमा सिवाईसीको सहयोग
बागलुङ, २७ जेठ
सिवाईसी बचत तथा ऋण सहकारी संस्था, चारतारे युवा क्लव नेपाल र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. ले मंगलबार बागलुङ नगरपालीकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
विश्व नै कोरोना भाइरस (कोभिड १९) सँग लडिरहेको समयमा तीन संस्थाले संयुक्त रुपमा नगरपालीकाले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ६० हजार आर्थिक सहयोग उपलब्ध गराएका हुन् । जसमा चारतारे युवा क्लब सिवाईसी नेपालको तर्फबाट १० हजार, सिवाईसी साकोसको तर्फबाट २५ हजार र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट २५ हजार रकम उपलब्ध गराएको हो ।
सहयोग रकम सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले नगरप्रमुख जनकराज पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणका क्रममा नगरप्रमुख पौडेलले महामारीको सामाना गर्नका लागि सिवाईसीले नगरपालीकालाई गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै सहयोगको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
लकडाउनका कारण गरिब, विपन्न, अशक्त परिवारलाई राहात होस् भन्ने उद्देश्यले नगरपालिकाले सञ्चालन गरेको कोषमा संस्थाहरुले उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताउनुभयो ।
संस्थाहरुले समुदाय प्रतिको उत्तरदायीत्वलाई ध्यानमा राखी हालसम्म सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्रका पालीकाहरुमा ३ लाख १० हजार र सिवाईसी साकोसले बागलुङ जिल्लाका नगरपालीकाहरुमा २५ हजार र गाउँपालीकामा २० हजार गरी २ लाख २० हजार गरीहाल सम्म ५ लाख ३० हजार सहगोग गरिसकेको छ ।
हस्तान्तरण कार्यक्रममा सिवाईसी साकोसका पुर्ब सल्लाहाकार शकुन्तला शर्मा, सिवाईसीका संस्थापक सीता शर्मा, सहसचिव सुभास आचार्य, कोषाध्यक्ष सीता सापकोटा, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी, प्रवन्धक संगिता शर्मा पौडेल, खड्क थापा लगायतको उपस्थिती रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार