जेष्ट आईडियोलोजीका कर्मचारी र सञ्चालकको कोरोना बिमा
काठमाडौं, २२ जेठ
जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था, काठमाडौंले संचालक समिति, सल्लाहकार, कर्मचारी, लेखा समिति र विभिन्न उप समितिका सदस्यहरुको कोरोना बिमा गरेको छ ।
कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुको लगायत सबै समितिका पदाधिकारीहरुको कोरोना वीमा गरिएको संस्थाका प्रबन्ध सञ्चालक हेमबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रधान कार्यालय न्यूरोेडसँगै पेप्सीकोला र मैतिदेवी सेवा केन्द्रहरुबाट लकडाउन अवधिमा पनि निरन्तर सेवा प्रदान गर्दै आएको छ । संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको जोखिमलाई मध्यनजर गर्दै कोरोना बिमा गरिएको कार्कीले बताउनुभयो । संस्थाका सबै कर्मचारीसहित ७३ जनाको समुहगत रुपमा बिमा गरिएको उहाँले बताउनुभयो ।
विमितले पिसिआर रिपोर्टको आधारमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ देखिएमा एक लाख रुपैयाँ स्वास्थ्य खर्च पाउने तथा सो रकम लिनका लागि अस्पतालको रिपोर्ट पनि आवश्यक नपर्ने उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार