लकडाउनमा बढ्यो नेफ्स्कूनको सक्रियता
काठमाडौं, २१ जेठ
मुलुकभरका बचत तथा ऋण सहकारी संस्थाहरुको एकमात्र छाता संगठन–नेफ्स्कूनको व्यस्तता जारी बन्दाबन्दीमा बढेको छ । अभिभावकीय भूमिकामा रहेको केन्द्रीय संघले लकडाउनको आज ७२ औं दिन पुग्दा आफ्ना गतिविधिलाई पूणतः सदस्य सेवा केन्द्रित गराएको छ । व्यबस्थापकीय जिम्मेवारीमा रहेकाहरु मात्र होइन सञ्चालकीय भूमिकामा रहेकाहरु पनि महामारीको यो समयमा थप शसक्त ढंगले प्रस्तुत भएका छन् ।
झण्डै ४ हजार संस्थाहरुको छाता संघले प्रत्येक संस्थाहरुका सञ्चालक समिति र व्यबस्थापनसँग निरन्तर सम्पर्क गर्न व्यबस्थापन समूहहरुलाई जिम्मेवारी प्रदान गरेको छ । संकटको समयमा दूर दराजमा रहेका साना संस्थादेखि सुगम स्थानमा रहेका ठूला संस्थाहरुलाई आवश्यक सेवा, सल्लाह, सुझाव र सहयोग निरन्तर प्रदान गर्दै आएको दाबी गरेको छ ।

पूर्व अध्यक्षहरुसँगको परामर्श बैठक
समाचार टीप्पणी
‘अहिले हामी युद्धस्तरमा काम गरिरहेका छौं । सदस्यहरुलाई कुनै प्रकारको गुनासो नहोस् भन्नका लागि आवश्यक नीति, कार्यविधि, निर्देशिका जारी गर्नेदेखि लिएर उनीहरुको वित्तीय गतिविधिको सुक्ष्म निरीक्षण समेत गरिरहेका छौं’ नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले भन्नुभयो, ‘सरोकारवाला निकायहरुसँग जल्दाबल्दा विषयमा छलफल गर्नेदेखि लिएर देशभरका साकोसकर्मीहरुसँग निरन्तर सम्पर्कमा रहेका छौं । प्रविधि स्तरोन्नतिमा पनि हामी फड्को मार्दै छौं ।’ अध्यक्ष पौड्यालले यो सक्रियतालाई सेवा अवसरका रुपमा लिई सबै सञ्चालकहरु उपलब्ध स्थानमा रहेका प्रारम्भिक संस्था देखि सञ्जालका माथिल्ला निकायहरुमा नियमित सम्पर्कमा रहेको बताउनुभयो ।
अहिलेको अवस्थामा साकोसहरुमा तीन चरणमा सदस्या पर्ने अध्यक्ष पौड्यालले को भनाई छ । पहिलो चरणमा सदस्यहरु समस्या र दोस्रो चरणमा संस्थाहरुमा दबाब देखिएको उहाँले बताउनुभयो । पहिलो र दोस्रो चरण समस्या समाधान गर्न नेफ्स्कूनले मार्गदर्शन र निर्देशिका जारी गरेको बताउनुभयो । त्यस्तै तेस्रो चरणको समस्याको रुपमा आर्दिक मन्दी, बचत फिर्ता, बेरोजगारी सृजना लगायतको देखिने पौड्यालको तर्क छ । तेस्रो चरणको समस्या न्युनिकरणका लागि सहकारी अभियान, सरकारसँग छलफल गरिरहेको उहाँले बताउनुभयो ।

एशियाली ऋण महासंघ र सदस्य राष्ट्रका केन्द्रीय संघका प्रतिनिधिहरू बीच भर्चुअल बैठक
बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हरहालतमा सेवा निरन्तरताका लागि नेफ्स्कूनले सबै संस्थाहरुलाई आग्रह मात्र होइन सहजीकरण समेत गरेको दाबी गर्नुभयो । भविष्यमा आउन सक्ने तरलता समस्या सम्बोधन गर्न सहकारी बैंक र जिल्ला संघहरुसँग मिलेर २ अर्ब १० करोडको तरलता व्यबस्थापन कोष स्थापना देखि लिएर एशियाली ऋण महासंघ र विश्व ऋण परिषद् जस्ता उपल्लो संजालसँग विपद्को समयमा प्रयुक्त राष्ट्रिय अन्तर्राष्टिय अभ्यासहरु आदानप्रदान गरेको उहाँले जानकारी गराउनुभयो । राहत वितरणसँगै स्वास्थ्य तथा मनोसामाजिक परामर्शका श्रव्यदृश्य सामाग्रीहरु अनलाईन र अन्य श्रव्यदृश्य माध्यमबाट प्रसारण गरेको बरिष्ठ उपाध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

वित्तीय संकट समाधानमा नेफ्स्कून र सहकारी बैंकबीच सहकार्यको सहमति
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले प्रतिकुल परिस्थितिका बाबजूद हरेक विभागहरु थप जिम्मेवारीका साथ कार्यरत रहेको अवगत गराउनुभयो । उहाँले तालिम शिक्षा विभाग मार्फत बन्दाबन्दी लक्षित र संस्थाहरुको मागबमोजिम निरन्तर भर्चुअल तालिम सञ्चालन, व्यवसाय विभाग मार्फत बचत तथा ऋण सेवाको निरन्तरतासँगै नयाँ उत्पादन विकास, सदस्य सेवा विभाग मार्फत समूहगत रुपमा निरन्तर गुणस्तर सुनिश्चितताका कार्यक्रममा आबद्ध संस्थाहरुसँग छलफल र योजना निर्माणमा सहयोग जारी रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत सापकोटाले यी सबै गतिविधिहरुमा आवश्यक सहयोगका साथै रणनीतिक योजना तर्जुमा, संशोधन आदिमा उच्च व्यबस्थापन दिनहुँ खटिरहेको बताउनुभयो ।
नेफ्स्कूने चार तहमा कर्मचारी विभाजन गरी महामारीमा आफ्नो सेवा निरन्तर प्रवाह गरिरहेको छ । उच्च व्यवस्थापन समुहमा ८ जना कर्मचारी रहेका छन् । उच्च व्यवस्थापनका सर्ब कर्मचारी कार्यालय पुगेर सेवा प्रवाह गर्दछन् । त्यस्तै सदस्य सेवा विभागका कर्मचारी घरमै बसेर काम गर्दछन् । उनीहरुले घरबाटै संस्थाहरुको अनलाईन अफसाईड मनिटरिङ गरिरहेका छन् ।
प्रसासन कर्मचारी आलो पालोमा कार्यालय पुगरे काम गर्दछन् । त्यस्तै व्यवसाय सेवातर्फ उच्च सर्तकता अपनाएर काम गर्ने व्यवस्था मिलाएको छ । एक तिहाई कर्मचारीलाई जगेडामा राखिएको छ ।

नेफ्स्कूनका प्रशासन विभाग प्रमुख शिव अधिकारीले एक तिहाई कर्मचारीहरुमार्फत संस्थाका प्रशासनिक कामहरुलाई बेरोकटोक सञ्चालन गरिरहेको जानकारी गराउनुभयो । घरमा रहेका कर्मचारीहरुले प्रविधिको माध्यमबाट निरन्तर काम गरेको र त्यसको अभिलेखीकरण र मुल्याङ्कन पनि भैरहेको उहाँले बताउनुभयो । ‘हामीले त यो विषम परिस्थितिमा देशभरका संस्थाको ख्याल गर्नुपर्छ । बिहान उठेदेखि रातीअबेर सम्म पनि टेलिफोन, फेसबुक आदि माध्यमबाट सदस्य संस्थाहरुका गतिविधिको जानकारी लिने, फिल्ड कार्यालयको गतिविधिको दैनिक अपडेट लिने कामले थप व्यस्त बनाएको छ’ प्रशासन प्रमुख अधिकारीले भन्नुभयो ।
वित्तीय सेवा प्रदायक केन्द्रीय निकाय भएका कारण पनि यो समयमा नेफ्स्कूनको भूमिका अहम भएको हो । दैनिक बद्लिदो परिस्थितिका बीच केन्द्रीय निकायको निर्देशन, सल्लाह र सुझावको अपेक्षामा सदस्य संस्थाहरु रहनेकारण पनि हरेक परिस्थितिजन्य यथोचित समाधान दिन नेफ्स्कून अहोरात्र खट्नुपर्ने अवस्था छ । संकटको समयमा सदस्य र समुदायको वित्तीय गैर वित्तीय आवश्यकताको सम्बोधनका लागि नेफ्स्कूनले आफ्नो भूमिकालाई थप जिम्मेवार, प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लानुपर्ने आवश्यकता देखिन्छ । यसबाट सहकारीका अन्य निकायलाई पनि स्वस्थ्य प्रतिस्पर्धाका आधारमा अघि बढ्ने उत्प्रेरणा मिल्ने कुरामा दुईमत छैन ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार