सहकारीका उत्कृष्ठ व्यवस्थापकको जमघट हुँदै, देशभरका सहकारीकर्मी जोडिन सकिने
पोखरा, १५ जेठ
कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीको आयोजनामा ‘महामारीमा जनशक्ति व्यवस्थापन तालिम’ भोली (जेठ १६ गते) हुने भएको छ ।
साथै सोही कार्यक्रमसँगै सहकारी अभियान्ताहरु र प्रमुख कार्यकारी अधिकृतहरुसँगको अन्तक्र्रिया समते हुने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा देशभरका सहकारीकर्मीहरु तथा कर्मचारीहरु सहभागिता जनाउने पाउने छन् ।
‘महामारीमा जनशक्ति व्यवस्थापनाः संस्थागत धारण’का विषयमा सहकारी बैंककका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको प्रस्तुती रहनेछ ।
त्यस्तै ‘महामारीमा जनशक्ति व्यवस्थापन’ विषयमा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङको कार्यपत्र प्रस्तुत हुनेछ । ‘महामारीमा जनशक्ति व्यवस्थापनः संस्थागत अनुभव’का विषयमा विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल, चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत बदन बस्नेतको प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ ।
त्यस्तै कार्यक्रमको वक्ताहरुमा जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष रविरमण तिवारी, जिल्ला बचत संघका अध्यक्ष भेषराज बराल र पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी रहनुभएको छ ।
तालिम कार्यक्रममा जुम एप र फेसबुकमार्फत सहभागिता जनाउन सकिने जनाएको छ ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार