८ वैशाख २०८३, मङ्गलबार

शिखरदीप सहकारीले दियो किसानलाई मिनि टिलर

२०७७ जेठ १४, बुधबार
शिखरदीप सहकारीले दियो किसानलाई मिनि टिलर

काठमाडौं, १४ जेठ

भक्तपुरमा मुख्य कार्यालय रहेको शिखरदीप बहुउद्देश्यीय सहकारी संस्थाले गुल्मीमा रहेको आलु पकेट क्षेत्रकालागि मिनि टिलर (हाते ट्रयाक्टर) वितरण गरेको छ ।

संस्थाले शिखर दिप एग्रो प्रा.लि. बुटवलसँगको सहकार्यमा मिनि टिलर वितरण गरेको हो । संस्थाले जेठ १३ गते गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको वोहा अद्याह मनवाकको आलु पकेट क्षेत्र संचालक समितिलाई एभरेष्ट ब्राण्डको मिनि टिलर वितरण गरेको जनाएको छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा पनि सहुलियत दरमा कृषकलाई हाते ट्रयाक्टर वितरण गरेको थियो । कृषकलाई चलाउन र मर्मत गर्ने तरिका समेत सिकाई दिएपछि कृषक निक्कै उत्साहित भएको र शिखरदीपका उत्पादन प्रयोग गर्न रुचाएको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले जानकारी दिनुभयो । कृषकको उत्साह देखेपछि निरन्तर मर्मत र आवश्यक सहयोग पनि गर्ने गरेको गौतमको भनार्इ छ ।

अभिलेख

लोकप्रिय