श्री लालीगुराँस सहकारीद्वारा ब्याज छुटको घोषणा
२०७७ जेठ १४, बुधबार
ललितपुर, १४ जेठ
पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहेउद्देश्यीय सहकारीले सदस्यहरुले लिएको ऋणको ब्याजमा छुट दिने निर्णय गरेको छ ।
संस्थाले सूचना जारी गर्दै विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कारण सम्पूर्ण व्यापार, व्यवसायमा परेको असरलाई मध्यनजर गरी संस्थाबाट ऋण लिएका सदस्यहरूलाई २०७७ आषाढ मसान्तसम्मको तिर्नुपर्ने ब्याजका आधारमा छुट दिने दिने निणर्य भएको जनाएको छ ।
भुक्तानी गर्न बाँकी ब्याज रकममा ५० प्रतिशत भन्दा बढी ब्याज चुक्ता गरेमा ब्याजको ३ प्रतिशत, भुक्तानी गर्न बाँकी ब्याज रकममा सय प्रतिशत ब्याज चुक्ता गरेमा ब्याजको ५ प्रतिशत र भुक्तानी गर्न बाँकी हर्जाना रकममा शत प्रतिशत छुट दिने संस्थाले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार