सहकारीले दुरुपयोग गर्ने भन्दै सरकारले दिएन ‘सवारी पास’
काठमाडौं, ६ जेठ
गृह मन्त्रालय र सहकारी मन्त्रालय बीच समन्वय नहुँदा सहकारी संस्थाले प्रदान गर्ने सेवा प्रभावित भएको छ ।
गृह मन्त्रालयले सहकारीको सेवा निरन्तरता दिन भने पनि सहकारीको नियामक निकायले वेवास्ता गरेको छ । गृह मन्त्रालयले सवारी पास दिनु भनेर कुनै आधिकारिक पत्राचार नगरेको भन्दै सहकारी मन्त्रालय यस विषयमा पन्छिने गरेको छ ।
गृह मन्त्रालयले सहकारी मन्त्रालय र सम्बन्धीत निकायको शिफारिसमा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराईने निर्णय गरेको छ । तर, सहकारी मन्त्रालय, सहकारी विभाग भने आफूहरुलाई कुनै जानकारी नआएको बताउँदै आएको छ । ‘हामीलाई गृहले कुनै औपचारिक जानकारी गराएको छैन’, मन्त्रालयका स्रोत भन्छ, ‘जानकारी नआएपछि हामीले सवारी पासको सिफारिस दिन मिल्दैन ।’
सहकारीलाई पास दिँदा दुरुपयोग गर्ने भएका कारण पास वितरण नगरिएको स्रोत बताउँछ । ‘सहकारीका कर्मचारीलाई पास आवश्यक हो तर कर्मचारीले पास पाउने अवस्था छैन’, स्रोतले भन्यो, ‘सहकारीका सञ्चालकहरुले मात्र पाउने र उनीहरुले पासको दुरुपयोग गर्दछन् ।’
यता, विना पास पनि केही सहकारीले निरन्तर सेवा प्रवाह गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार