२० कात्तिक २०८३, शुक्रबार

सहकारीको विकासमा नेपाल र बंगलादेश सहकार्य गर्ने

२०७१ वैशाख १०, बुधबार
सहकारीको विकासमा नेपाल र बंगलादेश सहकार्य गर्ने

काठमाडौं १० बैशाख । बंगलादेशी सहकारीका उप रजिष्ट्रार समिर कुमार विश्वासले नेपालको सहकारी र बंगलादेशको सहकारीको विकास उस्तै रहेको बताएका छन् ।

दुई देश बीच सहकारी बिकासमा सहकार्य गरेर जान आफू तयार रहेको बताए । सहकारीको माध्यमबाट आर्थिक विकासमा टेवा पुग्ने भएका कारण दुई देश बीच सहकार्य गरेर काम गर्न सहज हुने उनको भनाइ थियो ।

नेपाल भ्रमणमा रहेकोबेला सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेसंग गत बुधबार भएको अनौपचारिक भेटघाटको क्रममा सो कुरा बताएका हुन् । भेटघाटको क्रममा एसोसिएसन अफ एसियन कन्फेडेरेसन अफ क्रेडिट युनियन (अक्कु)का प्रथम उपाध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)का निवर्तमान अध्यक्ष मिनराज कडेंलको पनि सहभागीता रहेको थियो । ‘सरकारी तहबाट सहकारी विकासका लागि उपयुक्त नीति नियम बनाउनु हाम्रो कर्तव्य हो ।’ जोइन्ट रजिष्ट्रार विश्वासले भने– ‘उपयुक्त नीति, नियम तथा कानुन भएमा मात्र सहकारीको विकास हुन सक्छ ।’ दुई देश बीचको सहकारी विकासमा दुई वटै सरकारी निकाय सहकार्य गर्न तयार रहेको उनले बताए ।

त्यस्तै नेपालका सहकारी विभागका रजिष्ट्र केदार न्यौपानेले जोइन्ट रजिष्ट्रार विश्वास स्वागत गर्दै नेपालमा सहकारी विस्तारै विकास हुँदै गएको बताए । नेपालमा स्थापना भएका सहकारी मध्ये ९० प्रतिशत सहकारी सफल भएको बताए । ग्रामिण क्षेत्रमा स्थापना भएका सहकारीले ग्रामीण जनताको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको न्यौपानेको भनाइ थियो । न्यौपानेले दुबै सरकारी निकाय आगामी दिनमा सहकार्य गर्ने बताए ।

त्यस्तै अक्कुका प्रथम उपाध्यक्ष कडेंलले सरकारी निकाय र सहकारी अभियान सहकार्य गरेर अघि बढे मात्र सहकारी सफल हुन सकिने बताए । विश्वास श्रीमती र एक छोराका साथ १० दिन लामो नेपाल भ्रमणमा आएका हुन् ।

भिडियो पनि हेर्नुस्

अभिलेख

लोकप्रिय