४ वैशाख २०८३, शुक्रबार

दृष्टिविहीन तथा शारिरिक रुपमा असक्त परिवारलाई मेगा ड्रिम सहकारीको सहयोग

२०७७ वैशाख १७, बुधबार
दृष्टिविहीन तथा शारिरिक रुपमा असक्त परिवारलाई मेगा ड्रिम सहकारीको सहयोग

काठमाडौं, १७ बैशाख

काठमाडौंको माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले दृष्टिविहीन तथा शारिरिक रुपमा असक्त परिवारलाई सहयोग गरेको छ ।

मध्यपुरथिमी नगरपालिका–२ मगरगाऊँका दृष्टिविहीन तथा शारिरिक रुपमा असक्त १७ परिवारलाई ग्याँस र १० केजी तरकारी सहयोग गरेको हो । जसबाट ४७ जना दृष्टिविहिन तथा शारिरिक रुपमा अशक्त व्यक्ति लाभान्वित भएका छन् ।

वडा कार्यालयको संयोजनामा संस्थाले बुधबार सहयोग हस्तान्तरण गरेको संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले जानकारी दिनुभयो । सहयोग हस्तान्तरणमा उपसमितिका संयोजक महाशंकर रेग्मी, कोषाध्यक्ष इन्द्रप्रसाद गेलाल, सञ्चालक शेखर बस्नेत र कर्जा विभाग प्रमुख प्रदिप जोशीको सहभागिता रहेको थियो ।

संस्थाले केही दिन अघि मात्र गठन गरेको विपत् व्यवस्थापन उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले समग्र जोखिमलाई विश्लेषण गरी आपत्कालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने गरिरहेको छ ।

संस्थाले राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सुरु भएको कोरोना सहकारी नियन्त्रण केन्द्रलाई केही दिन अघि मात्र सहयोग गरेको थियो । कोरोना नियन्त्रण केन्द्रलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग संस्थाले गरेको थियो ।

अभिलेख

लोकप्रिय