२५ जेठ २०८३, सोमबार

मेगा ड्रिम सहकारी जोखिम विश्लेषण गर्दै

२०७७ वैशाख १२, शुक्रबार
मेगा ड्रिम सहकारी जोखिम विश्लेषण गर्दै

काठमाडौं, १२ बैशाख

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले अहिलेको परिस्थितीमा पर्न सक्ने जोखिमको विश्लेषण गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयले प्रवन्ध सञ्चालक महाशंकर रेग्मीको संयोजकत्वमा विपत् व्यवस्थापन उपसमिति समेत निमार्ण गरेको छ ।

समग्र जोखिमलाई विश्लेषण गरी आपत्कालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने संस्थाका प्रबन्ध सञ्चालक रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै संस्थाले मापदण्ड तयार गर्ने, मुल्यांकन फारममार्फत सदस्यलाई आर्थिक प्याकेज र राहत प्याकेज व्यवस्था गर्ने रेग्मीले बताउनुभयो । सञ्चालक समितिले यी काम गर्न उपसमितिलाई जिम्मा दिएको छ । उपसमितिले काम समेत अघि बढाईसकेको संयोजक रेग्मीले बताउनुभयो ।

उपसमितिमा कोषाध्यक्ष इन्द्रप्रसाद गेलाल, सदस्य शेखर बस्नेत, कर्जा विभाग प्रमुख प्रदिप जोशी र सेवा केन्द्र प्रमुख पुरनबहादुर कुँवर रहनुभएको छ ।

संस्थाले चैत २६ गतेदेखि कार्यालय समेत खोली सेवा प्रदान गर्दै आएको छ । लकडाउन सुरु भएकै दिनदेखि घरदैलो सेवालाई समेत निरन्तरता दिदै आएको छ । कार्यालयबाट मात्रै सेवा लिने सदस्यको संख्या १ हजार पुगेको छ ।

 

 

अभिलेख

लोकप्रिय