१२ जेठ २०८३, मङ्गलबार

अत्यावश्यक सेवा निरन्तरताका लागि नेफ्स्कूनद्वारा अनलाईन सर्भे (आजै सर्भेमा सहभागी हुनुहोस्)

२०७७ वैशाख ८, सोमबार
अत्यावश्यक सेवा निरन्तरताका लागि नेफ्स्कूनद्वारा अनलाईन सर्भे (आजै सर्भेमा सहभागी हुनुहोस्)

काठमाडौं, ८ बैशाख 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सदस्य संघ/संस्था बीच अनलाईन सर्भे सुरु गरेको छ ।

कोरोना भाईरस (कोभिड १९) का कारण बन्दबन्दीको अवस्थामा सदस्य संघ संस्थाको तरलताको अवस्थाबारे अद्यावधिक जानकारी लिने, संघसँगका अपेक्षाहरु संकलन गरी सम्बोधन गर्नको लािग अनर्लान सर्भे सुरु गरेको हो ।

त्यस्तै सदस्य संघ/संस्था मार्फत कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्य सहयोग एवम् विभिन्न तहका सरकारी कोषमा गरेको योगदानको तथ्यांक अद्यावधिक गर्ने सोचका साथ आजबाट सर्भेक्षण सुरु गरेको नेफ्स्कूनले जनाएको छ ।

सर्भेक्षणमा संघ/संस्थाले सहभागिता जनाउने अपेक्षा नेफ्स्कूनले गरेको छ ।

survey.nefscun.org.np लिंकमा रहेको अनलाईन सर्भे फाराममा समाविष्ट प्रश्नावलीहरुमा सहि सूचना सम्प्रेषण गरी सहकार्य र समन्वयका लागि अनुरोध गरेको छ । फारम संघको वेबसाईट nefscun.org.np र मोबाइल एप मा पनि उपलब्ध छ ।

 

==>click here<==

http://survey.nefscun.org.np/

अभिलेख

लोकप्रिय