४ वैशाख २०८३, शुक्रबार

राष्ट्रिय आविष्कार केन्द्रलाई चन्द्रागिरि साकोसको १ लाख ११ हजार सहयोग

२०७६ चैत २९, शनिवार
राष्ट्रिय आविष्कार केन्द्रलाई चन्द्रागिरि साकोसको १ लाख ११ हजार सहयोग

काठमाडौं, २९ चैत

थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख १ हजार १ सय ११ सहयोग हस्तान्तरण गरेको छ ।

संस्थाको शुक्रबार (चैत्र २८) गते बसेको सञ्चालक समितिको निर्णय अनुसार शनिबार आविष्कार केन्द्रलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

संस्थाका प्रतिनिधिहरु केन्द्रमै गएर सहयोग राशी हस्तान्तरण गरेको जनाएको छ । उक्त केन्द्रले कोरोना महामारीमा स्वाथ्य उपचारमा खटिने स्वाथ्यकर्मीहरुको सुरक्षा गर्नको लागि Personal Protective Equipment(PPE) र Swab Testing Booth  तयार पारी निःशुल्क रुपमा उलब्ध गराउँदै आएको छ ।

त्यस्तै अस्पतालहरुका पुराना भेन्टिलेटरहरु समेत मर्मत सम्भार गरी प्रयोग गर्न योग्य बनाउँदै उपलब्ध गराएको छ । यस विषम परिस्थितिमा पि.पि.ई. जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीहरु आवश्यक मात्रामा उत्पादन गर्न हौसला दिने उद्देश्यले संस्थाले सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चन्द्रागिरि साकोसले ल्यायो सदस्य राहत प्याकेज: निर्ब्याजी कर्जा, कर्जाको ब्याजमा छुटदेखि सरकारलाई सहयोगसम्म

अभिलेख

लोकप्रिय