४ वैशाख २०८३, शुक्रबार

सहकारी संस्था व्यवस्थापन गर्न नेफ्स्कूनको १९ बुँदे मार्गनिर्देशन

२०७६ चैत २९, शनिवार
सहकारी संस्था व्यवस्थापन गर्न नेफ्स्कूनको १९ बुँदे मार्गनिर्देशन

काठमाडौं, २९ चैत

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) सदस्य संघ/संस्थालाई सेवा व्यवस्थापन सम्बन्धी निर्देशन जारी गरेको छ । नेफ्स्कूनको शनिबार आफ्नो सदस्य संघ/संस्थाको लागि १९ बुँदे मार्गदर्शन निर्देशन जारी गरेको हो ।

महामारीको अवधिमा आपत्कालिन ऋण सेवा बाहेक अन्य ऋण लगानीको हकमा प्रति व्यक्ति प्राथमिक पूँजी कोषको ५ प्रतिशतमा नबढाउन नेफ्स्कूनले भनेको छ । त्यस्तै कम्तिमा २५ प्रतिशत तरलता सुनिश्चित गरेर मात्र ऋण सेवा प्रवाह गर्ने र १ वर्षभन्दा बढी अबधिका ऋण प्रवाहलाई निरुत्साहन गर्न आग्रह गरिएको छ ।

जोखिम व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन संचालक समितिका पदाधिकारीे संयोजक र व्यवस्थापन प्रमूख (व्यवस्थापक) सदस्य रहने गरी कम्तीमा तीन जनाको जोखिम व्यवस्थापन कार्यदल गठन समेत नेफ्स्कूनले जारी गरेको मार्गसनर्देशनमा भनिएको छ ।

प्रविधिमा आधारित भुक्तानी सेवाहरु उपयोगमा प्रोत्साहन गर्न भुक्तानी सिमा बृद्धि तथा शुल्क छुटको व्यवस्था गर्न समेत निर्देशन दिएको छ । ६ महिनासम्म ऋणको किस्ता र व्याज भुक्तानी प्राप्त नभएपनि उक्त ऋणको खोजिम व्यवस्थापन गर्नु नपर्ने समेत नेफ्स्कूनले बताएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)द्वारा सदस्य संघ/संस्थाहरु कालागि महामारीमा सहकारी सेवा व्यवस्थापन सम्बन्धि जारी गरिएको मार्गदर्शन २०७६

अभिलेख

लोकप्रिय