बेदकोटका १३ सहकारीले गरे विपत् कोषमा ३ लाख ६६ हजार सहयोग
कञ्चनपुर, २६ चैत
बेदकोट नगरपालिका भित्रका सहकारी संस्थाहरुले बेदकोट नगरपालिकाको विपत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेका छन् ।
वेदकोट नगरपालिका भित्रका लकडाउनमा परी समस्यामा परेका गरिब, मज़दुर, विपन्न परिवारलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग गरेको सहकारी सन्जालका अध्यक्ष धर्मराज जोशीले जानकारी दिनुभयो । अध्यष जोशीको पहलमा विभिन्न सहकारी संस्थाहरुले हालसम्म ३ लाख ६६ हजार ८ सय ७ रुपैयाँ रक़म जम्मा गरेका हुन् ।
साना किसान सहकारीहरुले खाद्य सामग्री उपलब्ध गराएका छन् भने अन्य सहकारीले कोषमा चेक हस्तान्तरण गरेका छन् । लकडाउनका कारण सहकारीले पटक पटक गरी रकम जमा गरेका छन् ।
आजसम्म १३ वटा संस्थाले सो रक़म सहयोग गरेका र बाँक़ी सहकारीले पनि सहयोग गर्ने प्रतिबद्धता गरेको तथा निरन्तर सहयोग गरिराखेका सन्जाल अध्यक्ष धर्मराज जोशीले बताउनुभयो ।
बेदकोट नगर सहकारी सन्जालका अध्यक्ष धर्मराज जोशीले विपत्को यस अवस्थामा आफ्नो क्षमता अनुसार स्वेच्छिक रुपमा सहयोग गर्न सबै सहकारीहरुलाई अनुरोध समेत गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार