चन्द्रोदय साकोसको पोखरामा व्यवसायीकरण तालिम
पोखरा, १० फागुन
चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लिमिटेड रौतहटको ३ दिने सहकारी व्यावसायिकरण तालिम बिहीवारदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा शुरु भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी. (अञ्जु)ले गर्नु भएको थियो । तालिम उद्घाटनपछि बोल्दै प्रमुख अतिथि जिसीले सहकारीहरुलाई सदस्यहरुको आयआर्जन वृद्धिसंग जोड्नका लागि व्यवसायिक तालिम अनिवार्य रहेको बताउनुभयो । सहकारी सस्थाले सामाजिक कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्दै उहाले चन्द्रोदय साकोसले समाजमा पु¥याएको यागदानको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी मार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी संस्थाहरुको व्यवसायिक योजना, संस्थागत सुशासन र सदस्य केन्द्रीत व्यवसायमा सहकारीको ध्यान जानु पर्नेमा जोड दिनुभयो ।
सहकारीहरुको स्वास्थ्यमापनका लागि सहकारी बैंकले संस्थाहरुको स्तरीकरण कार्यक्रम सञ्चालन गरेकोले सहभागि हुन आव्हान गर्दै उहाँले व्यवसाय र सुशासनलाई प्रभावकारी बनाउदै अगाडि बढ्न आग्रह गर्नु भयो । सहकारी बैंकले सदस्य संस्थाहरुको वित्तीय कारोबारमा सहयोग गर्नुका साथै शिक्षा, तालिम, अध्ययन अवलोकन र योजना निर्माणमा समेत सहयोग गर्ने जिसीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रम चन्द्रोदय बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष प्रकाश गहतराजको अध्यक्षता र लेखा समितिका संयोजक यादव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
संस्थाका सल्लाहकार, सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, उपसमितिका सदस्यहरु र कर्मचारी गरी २० जनाको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत सूर्यप्रसाद रिमालले सहजीकरण गर्नु हुनेछ ।
३ दिनसम्म चल्ने तालिममा संस्थाको रणनीतिक योजना, ऋण विश्लेषण, मानव संशाधन नीति तथा अन्य नीतिहरु, सञ्चालक समिति, लेखा समिति र व्यवस्थापनको मूल्यांकन तथा क्षमता विकास, कार्ययोजना तयार लगायतका विषयमा सहजीकरण हुने संस्थाका सल्लाहकार कालिन्दी घिमिरेले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार