६३ औं राष्ट्रिय सहकारी दिवस मनाउन ११ उपसमिति गठन
काठमाडौं, ७ फागुन
६३ औं राष्ट्रिय सहकारी दिवस मनाउन राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिले ११ उपसमिति गठन गरेको छ ।
आगामी चैत्र २० गते सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको प्राङ्गणमा मनाउन लागिएको सहकारी दिवसका विभिन्न कार्यक्रमहरु तय गरी उपसमितिलाई जिम्मा दिइएको सहकारी दिवस मूल समारोह समितिका संयोजक डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले उद्धघाटन गर्ने कार्यक्रममा नेपालको पहिलो सहकारी बखान सहकारीका जिवित संस्थापकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी दिवस कार्यक्रम अवधि भर देशभरका सहकारी संस्था तथा सहकारीका सदस्यको उत्पादन प्रदर्शन तथा विक्रीका लागि स्टल राखिने मूल आयोजकले जनाएको छ ।
गठन गरिएको उपसमितिमा प्रदर्शनी व्यवस्थापन, स्वंयम सेवक तथा प्राथमिक उपचार, मञ्च तथा कार्यक्रम ब्यवस्थापन, प्रचार प्रसार, अतिथि सत्कार, संस्थापक सम्मान लगाएतको उपसमिति गठन गरिएको हो ।
२०१३ साल चैत्र २० गते चितवनको बखानपुर (हालको शारदानगर) मा नेपालको पहिलो सहकारी संस्था स्थापना भएको दिनलाई आधार मानेर हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।
यस वर्षको नारा ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ तय गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार