५ वैशाख २०८३, शनिवार

ललितपुर बचत संघको कार्यालय स्थानान्तरण

२०७६ फागुन ६, मङ्गलबार
ललितपुर बचत संघको कार्यालय स्थानान्तरण

ललितपुर, ६ फागुन ।

जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरको कार्यालय सरेको छ । कार्यलयको औपचारिक उद्घाटन तथा राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पधाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

संघको नयाँ कार्यालयको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उद्घाटन गर्नुभएको थियो। कार्यालय उद्घाटनपछि अध्यक्ष कँडेलले सहकारी संघसंस्थाहरु आफू सुदृढ हुँदै प्रारम्भिक संस्थाहरुलाई समृद्ध बनाउन लाग्नुपर्ने बिचार राख्नुभयो ।

संघका अध्यक्ष रामहरी बजगाईले संघलाई साझा संघ बनाउन निरन्तर अभियान र सबैको सहयोगले सम्भव हुने बताउनुभयो । अध्यक्ष बजगाइले ललितपुर बचत तथा ऋण सहकारी संघका गतिविधिका बारेमा जानकारी गराउँदै सहकारी अभियानमा देखिएका समस्याहरुलाई नेतृत्व तहले समाधान गर्न सम्वन्धित ठाउँमा पहल गर्नु पर्ने बताउनुभयो ।

सहकारीका नीति नियम सहकारी मैत्री बनाउन सहकारी महासंघका नेतृत्वतहले पहल गर्नु पर्ने उहाँले बिचार राख्नुभयो । संघले फागुन २२ गते देखि २४ गते सम्म चौथो ललितपुर सहकारी समिट गर्न लागेको बजगाईले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय