विन्धवासिनी सहकारीद्वारा शैक्षिक सामाग्री वितरण
काभ्रे (तेमाल), ६ फागुन
विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर आईतबार तेमाल गाँउपालिका–७ कुरुवासमा अवस्थित भूमेश्वर आधारभूत विद्यालयलाई स्टेशनरी, खेलकुद सामाग्री र शैक्षिक सामाग्री वितरण गरेको होे ।
संस्थाको भकुण्डे सेवा कार्यालयको ब्यवस्थापनमा भूमेश्वर आधारभूत विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ८ सम्मका करिब १ सय विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको सेवा कार्यालय भकुण्डेका कार्यालय ब्यवस्थापक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाको अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तेमाल गाँउपालिका–७ का वडा अध्यक्ष ज्ञान बाहादुर तामाङ्गले विन्धवासिनी सहकारी संस्थाले प्रदान गर्दै आएको सेवा उदारणीय र प्रसंसनीय रहेकाले तेमालका जनप्रतिनिधीहरु सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
विन्धवासिनी सहकारी वाणिज्य बैंकहरुले प्रदान गर्नेभन्दा पनि स्तरीय सेवा प्रदान गर्दै आएको छ । स्थानीय स्तरमा समेत सामाजिक कार्यहरु संचालन गरेकोमा खुशी व्यक्त गर्दै आफुले सकेको सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
वि.स २०५० सालमा काभ्रेको खोपासीमा स्थापना भई सहकारीका माध्यमबाट शेयर सदस्यहरुको आर्थिक समृद्धि, सामाजिक रुपान्तरणका लागि अग्रसर विन्धवासिनी सहकारीले सामाजिक तथा सामुदायक दायित्वलाई वहन गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार