५ वैशाख २०८३, शनिवार

पुष्पकमल सहकारीको १२ औं साधारणसभा सम्पन्न, सदस्य सेवामा केन्द्रित रहने प्रतिवद्धता

२०७६ पुष २७, आईतवार
पुष्पकमल सहकारीको १२ औं साधारणसभा सम्पन्न, सदस्य सेवामा केन्द्रित रहने प्रतिवद्धता

काठमाडौं, २७ पुष ।

चन्द्रागिरी नगरपालिका–९ मच्छेगाँउ स्थिती पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अनुप मानन्धरको अध्यक्षमा सम्पन्न साधारणसभाका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एंव सांसद अन्जना बिशंखे रहेका थिए । त्यस्तै कार्यक्रमा चन्द्रागिरी नगरपालिका–९ का वडा अध्यक्ष देबिन्द्र महर्जन, किर्तिपुर नगरपालिका–४ का वडा अध्यक्ष राजेन्द्र बानियाँ, राष्ट्रिय सहकारी बैंक बानेश्वर शाखाका प्रमुख बिष्णुगिरी, चन्द्रागिरी नगरपालिका न्यायिक समितिका सदस्य सुरेन्द्र के.सी.लगायत अतिथि रहेका थिए ।

साधारणसभाको अवसरमा चन्द्रागिरी–९, मच्छेगाउँ निवासी १३ औं साग गेम गोल्ड मेडलिस प्रविन मानन्धर र ६५ जना जेष्ठ बचत कर्ताहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

त्यस्तै नारायण जन माध्यामिक बिद्यालयमा अध्यनरत दूई जना बिद्यार्थीहरु विराज पण्डित (कक्षा ७) र संगिता तामाङ्ग (कक्षा ८) लाई छात्रवृति प्रदान गरिएको थियो ।

संस्थाका सदस्यलाई बयोधा हस्पिटलमा १५ प्रतिशत छुट, मेघा हस्पिटल सानेपामा २५ छुट कुपन वितरण गरिएको छ । साथै संस्थाका सदस्यलाई एक लाख रुपैयाँ बराबर सम्मको स्वास्थ्य बिमा गरिने साधारणसभामा घोषणा गरिएको थियो । सदस्यको हितको लागि संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै जाने संस्थाका अध्यक्ष मानन्धरले प्रतिवद्धता जनाए ।

त्यस्तै महिला सेयर सदस्यहरुलाई सुत्केरी भत्ता, दिवंगत परिवारलाई काज क्रिया खर्च ब्यवस्था गर्दै जाने आगामी योजनाहरु रहेको संस्थाका अध्यक्ष मानन्धरले बताए ।

अभिलेख

लोकप्रिय