५ वैशाख २०८३, शनिवार

सहकारी र पत्रकारिता एक अर्काका परिपूरक : एन. सत्यनारायण

२०७६ पुष २१, सोमबार
सहकारी र पत्रकारिता एक अर्काका परिपूरक : एन. सत्यनारायण


नयाँ दिल्ली, २१ पुष ।

राष्ट्रिय सहकारी संघ, भारतका प्रमुख कार्यकारी निर्देशक एन. सत्यनारायणले सहकारी अभियानमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपालबाट भारतीय सहकारीको अध्ययन तथा अवलोकन गर्न आएका पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक सत्यनारायणले सहकारी र पत्रकारिता एक अर्काका परिपूरक रहेको बताए ।

‘सहकारीका हरेक गतिविधिमा पत्रकारको सहभागिता आवश्यकता छ’, उनले भने, ‘पत्रकारले सहकारीका हरेक गतिविधिमा खबरदारी गर्न आवश्यक छ ।’


सहकारीमार्फत आर्थिक समृद्धि हासिल गर्न ग्रामिण क्षेत्रका महिला तथा युवा वर्गलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिए । दिगो विकासको लक्ष्य हासिल गर्नको लागि सहकारीको भूमिका अतुलनीय रहने दाबी गरे । ‘सहकारीमार्फत दिगो विकासको लक्ष्य भेट्टाउन सकिन्छ’, उनले भने, ‘सहकारीले किसान मात्र होईन समग्र मुलुककै आर्थिक उन्नतीमा टेवा पुर्याउँछ ।’
संघका निर्देशक सञ्जयकुमार बर्माले सहकारीको संरक्षण र प्रवद्र्धनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । त्यस्तै मिडियाले सहकारी र जनताबीच पुलको काम गर्नुपर्ने बताए ।

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालले नेपालको सहकारी अभियान र सहकारी पत्रकारिताको जानकारी गराएका थिए । भारतमा पनि सहकारी पत्रकारिताको अभ्यास गर्न सुझाव दिएका छन् । सो कार्यक्रममा नेपालबाट आएका पत्रकार टोलीलाई विशेष कार्यक्रमबीच स्वागत गरिएको थियो ।

सहकारी पत्रकार समाजका अध्यक्ष दाहालले संघका कार्यकारी निर्देशक सत्यनारायलाई मायाको चिनो प्रदान गर्दै नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमण गर्न निम्तो दिए । संघका कार्यक्रम निर्देशक रमेश कौलले नेपाल भ्रमण वर्षको सुभेच्क्षा व्यक्त गरे ।

भारतको सहकारी अध्ययन तथा अवलोकन भ्रमणमा नेपालका १० पत्रकार सहभागी छन् ।

अभिलेख

लोकप्रिय