दोलखा सहकारी संघमा हेमन्त चौलागाई निर्विरोध
दोलखा, २१ पुष ।

जिल्ला सहकारी संघ दोलखांको १४ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा हेमन्त चौलागाई निर्विरोध निर्वाचित भएका छन् ।
संघको १४ औँ वार्षिक साधारण सभा गत कात्तिक २१ गते सम्पन्न भएको थियो । साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि नयाँ नेतृत्वको विषयमा विवाद रहेको हुनाले साधारण सभा भएको करिब २ महिना पछि नयाँ समितिहरूले पद तथा सपथ ग्रहण गरेका हुन ।
संघको ११ सदस्यीय संञ्चालक समितिको एक उपाध्यक्ष, एक सञ्चालक सदस्य र लेखा सुपरिवेक्षण समितिको संयोजकमा विवाद रहेको थियो । उपाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको संयोजकमा विवाद समाधान भए पनि एउटा सञ्चालक सदस्यमा विवाद कायमनै रहेको छ । एक जना संञ्चालक सदस्यको को लागी राजन श्रेष्ठ र नवराज रिजाल विच कुरा नमिल्दा विवाद कायमनै रहेको हो ।
संघको आगामी चार वर्षे कार्यकालको संचालक समितिको उपाध्यक्षमा देवि प्रसाद शर्मा, महासचिवमा कृष्ण प्रसाद दहाल, कोषाध्यक्षमा सरुणा बस्नेत (श्रेष्ठं) रहेका छन । यस्तै सञ्चालक सदस्यहरुमा दिल बहादुर के.सी, रुपा भुजेल, मिन कुमार खड्का, श्रीराज पोखरेल, सुमित्रा फुँयाल र पुष्पा शेर्पा रहेका छन ।
यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा रत्न बहादुर श्रेष्ठ, सदस्यहरुमा सपना श्रेष्ठ र बिकास चौलागाइ रहेका छन ।
नयाँ सञ्चालक समितिले पौष १८ गते पद तथा सपथ ग्रहण गरेका हुन । संघको कार्यालयमा आयोजित पद तथा सपथ ग्रहण कार्यक्रममा (नेफ्स्कून)का सञ्चालक जिवशराज खड्का, प्रदेश नं ३ सहकारी संघका महासचिव भिम प्रसाद दाहाल लगाएतको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार