५ असार २०८३, शुक्रबार

कास्कूनद्धारा नेफ्स्कूनका नवनिर्वाचित संचालक तथा लेखा समितिलाई बधाई तथा शुभकामना

२०७६ पुष ८, मङ्गलबार
कास्कूनद्धारा नेफ्स्कूनका नवनिर्वाचित संचालक तथा लेखा समितिलाई बधाई तथा शुभकामना

काठमाडौं, ८ पुस ।

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)ले नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई नयाँ बानेश्वर स्थीत एभरेष्ट लाउञ्चमा पौष ७ गते  बधाई तथा शुभकामना प्रदान गरेको छ ।


बधाई तथा शुभकामना कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, महासंघका लेखा संयोजक धर्मदत्त देवकोटा, उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, नेफ्स्कूनका निवर्तमान अध्यक्ष डि.बी बस्नेत, राष्ट्रिय सहकारी महासंघका संचालक रमेश प्रसाद पोखरेल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेक प्रसाद चौलागाई, जिल्ला सहकारी संघ काठमाडौंका उपाध्यक्ष ज्ञानबहादुर तामाङ्ग, कास्कूनका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार केशव प्रसाद दंगाल, कास्कूनका कानुनी सल्लाहकार प्रबल शर्मा, नेफ्स्कूनका पूर्व कोषाध्यक्ष नानीबाबु बुढाथोकी, प्रदेश नं.५ सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदी लगाएत विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

अभिलेख

लोकप्रिय