सहकारीको नियमन गर्न छुट्टै निकाय आवश्यकः अर्थमन्त्री
२०७६ पुष ३, बिहिबार
काठमाडौं, ३ पुस ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी संस्थाहरुको नियमन गर्नको लागि छुट्टै संस्था आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय सहकारी बैकको १६ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी संथाहरुले आफुलाई राष्ट्र बैंकले अनुगमन गरोस् भन्ने चाहेको तर त्यो सम्भव नहुने बताए ।
‘राष्ट्र बैंकले बैंक तथा वितिय संस्थालाई मात्रै अनुगमन गर्छ’, उनले भने, ‘सबै सहकारीलाई नियमन गर्न छुट्टै नियामकको आवश्यक छ ।’
कार्यक्रममा मन्त्री खतिवडाले सहकारलाई कम्पनीको मोडलमा नजान सुझाव दिएका छन् । उनले भने, ‘सहकारी कम्पनी मोडलमा जाने भए सहकारी मोडल छोडनुपर्छ, दुईवटा नाउमा खुट्टा नराख्नु ।’
उनले सहकारीलाई सिमित सहकारीको काम गर्न पनि आग्रह गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार