सस्तो भयो ऋणको ब्याजदर !
काठमाडौं । तपाईं बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ भने खुसीको खबर छ । बैंकहरुको ऋणको ब्याजदर घटेको छ । ब्याज घटेका कारण अब तपाईंले ऋण लिँदा तिर्ने किस्ता पनि केही सस्तो हुने भएको । जसले तपाईलाई ऋण लिएर ब्यापार व्यवसाय वा अन्य कुनै काम गर्न प्रोत्साहन हुने निश्चित छ ।

तर, समस्या के छ भने पछिल्लो समय बैंकबाट ऋण पाउनचाहीँ मुस्किल छ । ०७५ असोज मसान्तको तुलनामा ०७६ असार मसान्तमा ऋणको ब्याजदर ०.२८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको असोजमा कर्जाको औसत ब्याजदर १२.२६ प्रतिशत थियो । यो वर्षको असोजमा घटेर ११.९८ प्रतिशतमा झरेको छ ।
बैंकहरुको आधारदर (बेस रेट) घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो । ०७५ असोज मसान्तको तुलनामा ०७६ असोज मसान्तमा बेस रेट ०.६७ प्रतिशतले घटेको छ । गत वर्षको असोजमा १०.२३ प्रतिशत रहेको बेस रेट यो असोजमा ९.५६ प्रतिशतमा झरेको हो ।
गत बर्षको तुलनामा कर्जाको ब्याज सस्तो भए पनि चालु आर्थिक वर्षको साउनयता भने बैंकहरुको औषत आधारदर र कर्जाको व्याजदर क्रमिक रुपले बढिरहेको छ ।
साउनमा बैंकहरुको आधारदर ९.४५ प्रतिशत र कर्जाको औषत ब्याजदर १२.०८ प्रतिशत, भदौमा औषत आधारदर ९.५३ प्रतिशत र कर्जाको औषत ब्याजदर ११.९७ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो दर ६.५७ प्रतिशत थियो ।
ट्रेजरी बिलको पनि औसत ब्याजदर भने केही बढेको छ । गत आर्थिक बर्षको असोजमा ९१-दिने ट्रेजरी बिलको पनि औसत ब्याजदर १.७७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा व्याजदरमा २.५६ प्रतिशतले वृद्धि भएर ४.३३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, एक बैंकले अर्को बैंकलाई दिने सापटी अर्थात् अन्तरबैंक कारोबारको औसत ब्याजदर २.७६ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ असोजको १.८६ प्रतिशत रहेको थियो भने २०७६ असोजमा ४.६२ प्रतिशत कायम भएको छ ।
साभारः क्लिकमान्डु
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार