१८ बैशाख २०८१, मंगलवार

अन्तत सहकारीको ब्याजदर अधिकतम् १६ प्रतिशत, आइतबारबाट देशभर लागू हुने

१७ श्रावण २०७६, शुक्रबार
अन्तत सहकारीको ब्याजदर अधिकतम् १६ प्रतिशत, आइतबारबाट देशभर लागू हुने

काठमाडौं, १७ साउन

सहकारी ऐनको व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले बचतमा न्यूनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोकिएको छ ।

यो व्यवस्था आगामी आइतबारबाटै लागू हुने शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ। हाल सहकारी संस्थाले बचतमा १८ प्रतिशतसम्म र ऋण लगानीमा २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्।

‘ऋणीले चर्को ब्याज तिर्नुपर्ने प्रवृत्ति अन्त्य भएको छ,’ समितिका संयोजक एवं सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले भने, ‘सहकारी क्षेत्रमा रहेका विकृति अब अन्त्य हुनेछन्।’ सहकारीको ब्याजदर आवश्यकताअनुसार प्रत्येक तीन(तीन महिनामा परिवर्तन गर्न सकिने उनले बताए।


भिडियो हेर्नुस्

अभिलेख

लोकप्रिय