एम बैंकको दशैँ अफर : १० हजारको बम्पर पुरस्कारदेखि स्मार्टवाचसम्म
काठमाडौं : सहकारी मोबाइल बैंकिङ प्ल्याटफर्म ‘एम बैंक’ (mBank) ले दशैँलाई लक्षित गर्दै मोबाइल बैंकिङमार्फत डिजिटल कारोबार प्रोत्साहन गर्ने उद्देश्यले उपहार तथा पुरस्कार योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत एम बैंक मोबाइल बैंकिङ प्रयोग गरी बस वा हवाई टिकट बुक गर्ने ग्राहकले १० हजार रुपैयाँको बम्पर पुरस्कार जित्ने अवसर पाउनेछन्। असोज २५ देखि कात्तिक १० गतेसम्म एम बैंकमार्फत टिकट बुक गर्ने प्रयोगकर्ता यस योजनामा सहभागी हुन सक्नेछन्।
त्यस्तै, दशैँको सप्तमी, अष्टमी र नवमीका दिन एम बैंकबाट कुनै पनि कारोबार गर्दा रिमार्कमा ‘mDashain’ लेख्ने प्रयोगकर्तामध्ये प्रत्येक दिन एक जना भाग्यशाली विजेताले इयरबड्स प्राप्त गर्नेछन्। दशमीका दिन सोही प्रक्रिया अपनाएर कारोबार गर्ने प्रयोगकर्ताले आकर्षक बाल्टिमोर स्मार्टवाच जित्ने अवसर पाउनेछन्।
‘एम बैंक’ले सहकारी संस्था, लघुवित्त तथा वित्तीय संस्थालाई डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल एम बैंक ६ सयभन्दा बढी सहकारी, लघुवित्त तथा वित्तीय संस्थाको डिजिटल साझेदार बनेको छ।
कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठका अनुसार एम बैंकको सेवा सातै प्रदेशमा रहेका साना किसान सहकारीदेखि बचत तथा ऋण र बहुउद्देश्यीय सहकारी संस्थासम्म विस्तार भएको छ। ११ वर्षअघि सानो सपनाका रूपमा सुरु भएको यो यात्रा अहिले ६ सयभन्दा बढी सहकारी तथा चार लाखभन्दा बढी प्रयोगकर्तासँग जोडिएको उहाँले बताउनुभयो।
डिजिटल कारोबारलाई सहज र प्रोत्साहनमुखी बनाउने उद्देश्यले ल्याइएको यस योजनाले दशैँका बेला मोबाइल बैंकिङको प्रयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। एम बैंकले ‘एप एक, सुविधा अनेक’ भन्ने नारासहित डिजिटल वित्तीय सेवाको विस्तारमा जोड दिँदै आएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
एम बैंकको दशैँ अफर : १० हजारको बम्पर पुरस्कारदेखि स्मार्टवाचसम्म
२५ आश्विन २०८३, आईतवार
किसान साकोसको ३१औँ साधारण सभा सम्पन्न, कर्मचारीको उत्कृष्ट कार्यसम्पादनको कदर
२५ आश्विन २०८३, आईतवार
सहकारीमा विस्तार होइन, सुरक्षालाई प्राथमिकता दिनुहोस् : गणेश अर्याल
२५ आश्विन २०८३, आईतवार