जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
काभ्रे : जिल्ला सहकारी संघ लि., काभ्रेको ५९औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ।
संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा २०८३ भाद्र २६ गते शुक्रबार संघको सभाहलमा आयोजित कार्यक्रममा सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न महानुभावहरूको गरिमामय उपस्थिति थियो।
कार्यक्रममा संघको स्थापना, सहकारी क्षेत्रको विकासमा संघले निर्वाह गर्दै आएको भूमिका तथा आगामी दिनमा संघलाई थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने विषयमा चर्चा गरिएको थियो। सहभागीहरूले सहकारी अभियानको संस्थागत विकास, समसामयिक चुनौतीको समाधान तथा सहकारी संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
५९औँ स्थापना दिवसका अवसरमा संघले विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ। संघले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै विविध गतिविधि सञ्चालन गरेको हो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार