नेफ्स्कूनको ३९औँ स्थापना दिवस सातै प्रदेशमा विविध कार्यक्रमसहित सम्पन्न
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ‘सशक्त साकोस : उत्तरदायी सञ्जाल’ भन्ने मूल नाराका साथ आफ्नो ३९औँ स्थापना दिवस देशका सातै प्रदेशमा विविध कार्यक्रमसहित मनाएको छ ।
२०४५ साल साउन ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको ऐतिहासिक दिनको स्मरणमा नेफ्स्कूनले प्रत्येक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष काठमाडौंसहित कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा स्थापना दिवसका कार्यक्रम आयोजना गरिएको हो ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य ज्ञानु पौड्याल, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश प्रसाद पोखरेल, सहकारी प्रवर्धन महाशाखाका डिलाराम पन्थी, सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बाबुराम गौतम, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका राम कुमार महतो, नेफ्स्कूनका पूर्व अध्यक्ष डि.बी. बस्नेत, प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, नेफ्स्कूनका पूर्व अध्यक्ष मिनराज कंडेललगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, डीएसआईकेको प्रतिनिधि लाउरा सान्सिओ, सञ्जय झा, नेफ्स्कूनका कानुनी सल्लाहकार अधिवक्ता शिव अधिकारी, सञ्चारकर्मी, नेफ्स्कूनमा आबद्ध संघसंस्थाका प्रतिनिधि तथा उच्च व्यवस्थापन र कर्मचारी गरी ३७५ प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य सुशिल कुमार बस्न्यातले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा डा. शिवजी सापकोटाले नेफ्स्कूनको स्थापनाकालदेखि हालसम्मका उपलब्धि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संघले पुर्याएको योगदान, ‘स्क्यान’ कार्यक्रममार्फत आबद्ध सहकारी संस्थामा भइरहेको नियमित अनुगमन तथा सुपरिवेक्षणका साथै आगामी दिनका योजना तथा रणनीतिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
स्थापना दिवस कार्यक्रमको विशेष आकर्षणका रूपमा साकोस अभियानमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, उत्कृष्ट कार्यसम्पादन गर्ने व्यवस्थापक तथा कर्मचारी, उत्कृष्ट साकोस तथा संघसंस्थालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
नेफ्स्कूनले स्थापना दिवसलाई साकोस अभियानको उपलब्धि समीक्षा, योगदानको सम्मान तथा आगामी कार्यदिशाबारे छलफल गर्ने अवसरका रूपमा मनाएको जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामुदायिक साकोस र युनाइटेड ल्याबोरेटरीबीच सम्झौता, सदस्यलाई २५ प्रतिशतसम्म छुट
१० मंसिर २०८३, बुधबार
लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन हुँदै, ६५० जनाको सहभागिता रहने
९ मंसिर २०८३, मंगलवार
सहकारीका लागि आकाश डिजिटलले ल्यायो नयाँ पुस्ताको डिजिटल व्यवस्थापन प्रणाली
८ मंसिर २०८३, सोमबार
