१४ साउन २०८३, बिहिबार

दिपक तिमिल्सिना बने बागमती प्रदेशकै उत्कृष्ट साकोस व्यवस्थापक

२०८३ साउन १४, बिहिबार
दिपक तिमिल्सिना बने बागमती प्रदेशकै उत्कृष्ट साकोस व्यवस्थापक

काठमाडौं : काभ्रेको श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपक तिमिल्सिना बागमती प्रदेशकै उत्कृष्ट साकोस व्यवस्थापक घोषित भएका छन्।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले आफ्नो छैटौं वार्षिकोत्सव तथा सातौं स्थापना दिवसको अवसरमा तिमिल्सिनालाई ‘उत्कृष्ट व्यवस्थापक सम्मान–२०८३’ प्रदान गर्दै सम्मानित गरेको हो।

संघका अध्यक्ष उद्धव सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री विनु रायमाझी पौडेलले तिमिल्सिनालाई सम्मानपत्र र कदरपत्र प्रदान गरेका थिए।

तिमिल्सिना लामो समयदेखि सहकारी व्यवस्थापन, संस्थागत सुशासन, प्रविधिमैत्री सेवा विस्तार तथा सदस्यमुखी वित्तीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनको नेतृत्वमा श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले संस्थागत विकास, वित्तीय अनुशासन, सेवा विस्तार तथा सदस्य सन्तुष्टिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै बागमती प्रोस्कूनले उनलाई उत्कृष्ट व्यवस्थापकका रूपमा छनोट गरेको जनाएको छ।

अभिलेख

लोकप्रिय