४ साउन २०८३, सोमबार

रातभर जाग्नुपर्ने सहकारीको खाताबन्दी केही मिनेटमै: मिरा प्रयोगकर्ताको अनुभव

२०८३ साउन ३, आईतवार
रातभर जाग्नुपर्ने सहकारीको खाताबन्दी केही मिनेटमै: मिरा प्रयोगकर्ताको अनुभव

काठमाडौं : असार मसान्त नजिकिँदै गर्दा सहकारी संस्थाका कर्मचारीहरूका लागि रातभर जागेर हिसाब मिलाउनु सामान्य बनिसकेको छ। लामो समय, तथ्यांक मिलानको झन्झट र प्राविधिक जटिलताले वार्षिक खाताबन्दीलाई वर्षकै सबैभन्दा तनावपूर्ण काम बनाउँछ। तर यस वर्ष मिरा सफ्टवेयर प्रयोग गर्ने सहकारीहरूका लागि यो अनुभव फरक रह्यो- कतिपयले त केही मिनेटमै खाताबन्दी सम्पन्न गरेको बताएका छन्।

रातभरको काम केही मिनेटमा
‘अघिल्ला वर्षहरूमा खाताबन्दी गर्न राति अबेरसम्म काम गर्नुपर्ने अवस्था हुन्थ्यो। यस वर्ष मिरा सफ्टवेयरका कारण केही मिनेटमै खाताबन्दी सम्पन्न गर्‍यौं। तथ्यांक मिलाउन वा पुनः जाँच गर्न धेरै समय खर्चिनुपरेन,’ नमुना महिला साकोस, रुपन्देहीका व्यवस्थापक मञ्जु गोदारले सहकारीखबरसँग भन्नुभयो, ‘यस पटक खाताबन्दीका क्रममा कुनै झन्झट भएन। आवश्यक प्रतिवेदन तत्काल तयार भए, जसले कर्मचारीको कार्यभार पनि उल्लेखनीय रूपमा घटायो।’

छिटो मात्र होइन, विश्वसनीय पनि
झापा सामुदायिक बचत तथा ऋण सहकारीका सहव्यवस्थापक खेमराज तिमिल्सिनाका अनुसार मिरा सफ्टवेयरले समय बचतसँगै तथ्यांकको शुद्धता पनि सुनिश्चित गरेको छ। ‘वार्षिक खाताबन्दी सहकारीका लागि अत्यन्त संवेदनशील प्रक्रिया हो। मिरा सफ्टवेयर प्रयोग गरेपछि काम छिटो मात्र होइन, विश्वसनीय पनि भएको अनुभव गरेका छौं,’ उहाँले भन्नुभयो।

सहकारी व्यवस्थापकहरूका अनुसार डिजिटल प्रविधिको प्रयोगले कार्यक्षमता बढाउनुका साथै मानव त्रुटिको सम्भावना न्यून बनाएको छ। विशेषगरी आर्थिक वर्षको अन्तिम समयमा हुने कार्यचाप व्यवस्थापनमा मिरा प्रभावकारी बनेको उनीहरूको भनाइ छ।

नियामकको निर्देशन कार्यान्वयनमा पनि सहयोगी
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ‘चालु आर्थिक वर्ष २०८२/०८३ को अवधिभित्र पाकेको ब्याज मिति २०८३ श्रावण १५ गतेभित्र भुक्तानी गरेमा आ.व. २०८२/०८३ कै आयको रूपमा गणना गर्न सकिने’ निर्देशन जारी गरेको छ।

यही निर्देशन कार्यान्वयनलाई सहज बनाउन मिराले पाकेको ब्याज (Interest Receivable) को समायोजन प्रविष्टि (Adjustment Entry) सुविधा उपलब्ध गराएको छ। यस सुविधाले आर्थिक वर्षभित्र पाकेको तर भुक्तानी हुन बाँकी ब्याजको हिसाब प्रणालीबाटै समायोजन गर्ने भएकाले सहकारीहरूले प्राधिकरणको निर्देशनअनुसार आम्दानी गणना गर्न सक्छन्।

फलस्वरूप, पहिले ब्याज समायोजन मिलाउन हप्तौं कुर्नुपर्ने सहकारीहरूले अब आर्थिक वर्ष सकिएकै दिन खाताबन्दी सम्पन्न गर्न सक्छन्।

के हो मिरा (MYRA ERP)?
नियोसिस टेक्नोलोजी प्रा. लि., ललितपुरले विकास गरेको मिरा (MYRA ERP) सहकारी क्षेत्रकै लागि भनेर बनाइएको क्लाउडमा आधारित सफ्टवेयर हो। यसले सदस्य तथा शेयर व्यवस्थापन, बचत–ऋण कारोबार, लेखा प्रणाली, ऋण प्रक्रिया व्यवस्थापन, मोबाइल बैंकिङ र एसएमएस अलर्टसम्मका काम एउटै प्रणालीबाट सञ्चालन गर्छ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरण, नेपाल राष्ट्र बैंक, सहकारी विभाग र स्थानीय तहलाई बुझाउनुपर्ने प्रतिवेदनसहित सयभन्दा बढी प्रतिवेदन प्रणालीबाटै तयार हुने भएकाले खाताबन्दी र लेखापरीक्षणको तयारी सहज बनेको हो।

हालसम्म देशका सातै प्रदेशका ७२ जिल्लामा ८१० भन्दा बढी सहकारीले मिरा प्रयोग गरिरहेका छन्, जसमा ८ लाख ४० हजारभन्दा बढी सदस्यको विवरण व्यवस्थापन भइरहेको छ। सूचना सुरक्षाका लागि कम्पनीले ISO 27001:2022 प्रमाणीकरणसमेत प्राप्त गरेको छ। आगामी आर्थिक वर्षमा थप सहकारीहरू डिजिटल प्रणालीतर्फ आकर्षित हुने क्रम बढ्दै जाने देखिन्छ।

अभिलेख

लोकप्रिय