सहकारी संस्थालाई राहत : साउन १५ सम्म उठेको ब्याजलाई आम्दानीमा देखाउन पाउने
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई चालु आर्थिक वर्ष २०८२/०८३ को अवधिभित्र पाकेको ब्याज आगामी साउन १५ गतेभित्र भुक्तानी गरेमा सो रकमलाई चालु आर्थिक वर्षकै आम्दानीका रूपमा गणना गर्न सकिने निर्देशन जारी गरेको छ।
सहकारी ऐन, २०७४ को दफा १०३ज. ले दिएको अधिकार प्रयोग गर्दै प्राधिकरणले २०८३ असार ३१ गतेको निर्णयअनुसार उक्त निर्देशन जारी गरेको हो।
प्राधिकरणद्वारा जारी निर्देशनमा चालु आर्थिक वर्ष २०८२/०८३ को अवधिभित्र पाकेको ब्याज २०८३ साल साउन १५ गतेभित्र भुक्तानी गरेमा आर्थिक वर्ष २०८२/०८३ कै आम्दानीका रूपमा गणना गर्न सकिने उल्लेख गरिएको छ।
उक्त निर्देशन विशेषगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि लागू हुने प्राधिकरणले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार
सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
२६ आश्विन २०८३, सोमबार