सहकारी ऐन संशोधनको मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
काठमाडौं : सहकारी ऐन, २०७४ लाई समयसापेक्ष बनाउने तयारीमा रहेको सरकारले यसपटक सर्वसाधारण र सरोकारवालाको सुझावलाई प्राथमिकता दिएको छ। भूभूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदामाथि राय–सुझाव आह्वान गरेको हो।
मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम सार्वजनिक सूचना जारी गर्दै मस्यौदामाथि प्राप्त हुने सुझावका आधारमा आवश्यक परिमार्जन गरिने जनाएको छ। सूचना प्रकाशित भएको मितिले सात दिनभित्र इच्छुक व्यक्ति, सहकारीकर्मी, विज्ञ तथा सरोकारवाला निकायले आफ्नो धारणा पठाउन सक्नेछन्।
सुझाव मन्त्रालयको इमेल cooperative@molcpa.gov.np मा पठाउन सकिनेछ। यस्तै, संशोधन गर्न प्रस्ताव गरिएको विधेयकको मस्यौदा मन्त्रालयको वेबसाइट www.molcpa.gov.np मा राखिएको मन्त्रालयले जनाएको छ।
जेठ २९ गते प्रकाशित सूचनामार्फत मन्त्रालयले सहकारी क्षेत्रका विद्यमान चुनौती, नियमनको प्रभावकारिता र सुशासन प्रवर्द्धनलाई ध्यानमा राख्दै ऐनलाई समसामयिक बनाउने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाइएको उल्लेख गरेको छ। यसले सहकारी क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने पक्षलाई नीति निर्माण प्रक्रियामै सहभागी हुने अवसर प्रदान गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार
सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
२६ आश्विन २०८३, सोमबार