१९ चैत २०८२, बिहिबार

सिन्धुपाल्चोकमा पहिलो पटक सहकारी सम्मेलन हुँदै, नाम दर्ता खुला

२०८२ चैत १७, मङ्गलबार
सिन्धुपाल्चोकमा पहिलो पटक सहकारी सम्मेलन हुँदै, नाम दर्ता खुला

काठमाडौं : जिल्ला सहकारी संघ, सिन्धुपाल्चोकले ‘प्रथम जिल्ला सहकारी सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संघले जिल्लामा पहिलो पटक सहकारी सम्मेलन गर्न लागेको हो । संघका अध्यक्ष दिपक विक्रम थापाले सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकलाई लक्षित गरी सम्मेलन गर्न लागेको जानकारी दिनुभयो।

चैत्र २० गते सिन्धुबी रिसोर्ट, सुकुटेमा आयोजना गर्न लागिएको सम्मेलनमा जिल्लाभरका सहकारी संघ संस्थाका अध्यक्ष र व्यवस्थापकलाई सक्रिय सहभागिता जनाउन संघको आग्रह छ । सम्मेलनमा सहभागी हुनको लागि चैत्र १८ गते बुधबारसम्म नाम दर्ता गरिसक्नु पर्ने छ ।

सहभागिताको लागि ३ हजार शुल्क निर्धारण गरिएको र अनलाइनमार्फत नाम दर्ता गर्न सकिने संघले जनाएको छ । सम्मेलनमा जिल्लामा रहेका सहकारी संस्थाका अवस्थाको बारेमा सामुहिक छलफल गरी आगामी कार्यदिशा तय गर्ने अध्यक्ष थापाले जानकारी दिनुभयो।

त्यसका साथै जिल्लाका १२ वटै पालिकाका सहकारी शाखा प्रमुखहरुलाई समेत सम्मलेनमा उपस्थिति गराई पालिकाहरुले सहकारीको विकास र प्रवर्दनमा खेल्दै आएको भूमिका विषयमा जानकारी लिइने छ। जिल्लास्तरका विषयगत संघ, प्रारम्भिक सहकारी र स्थानीय तहबिच एउटै छानामुनि छलफल गरी सामुहिक साझा धारणा विकास गर्न सम्मलेन फलदायी हुने संघको विश्वास छ । सम्मेलनमा स्थानीय तह र सहकारी संघ संस्थासँग छुट्टै छलफल गरिने व्यवस्था समेत मिलाइएको छ । यो सम्मेलनले जिल्लाको सहकारी अभियानको उन्न्नयको लागि ढोको खोल्ने आशा गरिएको छ ।

जिल्लाभर रहेका ६ वटा विभिन्न विषयगत संघका प्रतिनिधि समेत सम्मेलनमा सहभागी हुने र संघहरुले गर्ने गतिविधिको बारेमा जानकारी दिनुका साथै संघहरुले खेल्नु पर्ने भूमिकाका विषयमा सदस्य संस्थाबाट फिड व्यापक लिई अगाडि बढ्ने संघले जनाएको छ ।

परिवर्तित अवस्थामा जिल्लाको सहकारी अभियानलाई व्यवस्थित रुपमा कसरी अगाडि बढाउने भन्ने विषयमा समेत सहभागीहरुलाई जानकारी दिइने छ । त्यसका साथै सहकारी संघ संस्थाले पालना गर्नुपर्ने ऐन नियम र मापदण्डका साथै सुधारका लागि चाल्नुपर्ने कदमका बारेमा समेत सम्मेलनमा छलफल हुने छ ।

प्रारम्भिक सहकारी संस्थाले दिएको सल्लाह सुझावको आधारमा जिल्लाको अभियानलाई समन्वत्यामक ढंगले बढाउने विषयमा सम्मेलन केन्द्रीत हुनेछ । त्यसैगरी जिल्लामा रहेका सहकारी संस्थाले गरेका असल अभ्यासलाई आदान प्रदान गर्ने र संस्थाहरुमा अनुशरण गर्ने विषयमा पनि सम्मलेनमा प्रस्तुतिकरण गरिने छ ।

राष्ट्रिय सहकारी महासंघले तय गरेको ‘ उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिता’ भन्ने थिमलाई आत्मसात गर्दै सहकारीमार्फत् जिल्लामा रोजगारी सृजना र उद्यमशीलता विकासका लागि खेल्न सक्ने भूमिका विषयमा पनि छलफल गरिने छ ।

सहकारी संस्थाहरुमा वित्तीय पारदर्शिता कायम गरी सदस्यको बचतलाई सुरक्षित रुपमा परिचालन गरी रोजगारी सृजना र गरिबी न्युनिकरणमा समेत टेवा पु¥याउने उदेश्य सम्मेलनको रहेको छ। विगतमा निस्कृय जस्तै रहेको जिल्ला संघमा अध्यक्ष थापाको नेतृत्व आएसँगै विभिन्न क्रियाकलाप हुँदै आएको छ।

अभिलेख

लोकप्रिय