६३औं राष्ट्रिय सहकारी दिवसका अवसरमा नुवाकोटमा विविध कार्यक्रम आयोजना हुने
नुवाकोट : ६३औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गर्ने भएको छ।
“उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको संघले जनाएको छ।
सोही अवसरमा संघले सहकारीकर्मीहरूको क्षमता विकास र एकतालाई लक्षित गर्दै तीन छुट्टाछुट्टै कार्यक्रमहरू आयोजना घोषणा गरेको संघका अध्यक्ष शिवप्रसाद अधिकारीले जानकारी दिए। जसअन्तर्गत यही चैत १८ गतेदेखि २० गतेसम्म तीन दिने नेतृत्व विकास तालिम सञ्चालन गर्ने भएको छ।
त्यसैगरी, चैत २० गते बिहानको नौंपुलदेखि बटारसम्म सहकारीमैत्री खुल्ला दौड प्रतियोगिता आयोजना गरिने संघले जनाएको छ। शारीरिक तन्दुरुस्ती र भाइचारा अभिवृद्धिका लागि १०५ जनाको सहभागिता रहने खुल्ला दौड प्रतियोगिता आयोजना हुनेछ।
दिवसको दिन विशेष औपचारिक समारोहसहित विदुरमा सहकारी दिवस मनाउने जनाइएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार