गैरनेपालीसँग कारोबार नगर्न सहकारीलाई काठमाडौं महानगरको निर्देशन
काठमाडौं : काठमाडौँ महानगरपालिकाले गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई निर्देशन दिएको छ। केही सहकारीहरूले विदेशी नागरिकलाई सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएको भन्दै महानगरले उक्त कार्य तत्काल बन्द गर्न दिर्देशन दिएको हो ।
महानगरको सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गैरनेपाली नागरिकलाई कुनै पनि सहकारी सदस्य बनाउने कार्य कानुन विपरीत रहेको भन्दै नियमसँग गर्न कारोबार गर्न सहकारीलाई आग्रह गरेको हो। कामपाको आग्रहलाई व्यवास्था गरे प्रचलित कानूनबमोजिम कारबाही गर्ने कामपाको तयारी रहेको छ ।
सहकारी ऐन, २०७४ दफा ३० र काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २० मा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुन सक्ने स्पष्ट व्यवस्था रहेको पनि काफ्लेले जानकारी दिनुभयो।
त्यसैगरी, सहकारी ऐन २०७४ को दफा ५० तथा काठमाडौँ महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार