काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
काभ्रेपलाञ्चोक : जिल्ला सहकारी संघ लि. काभ्रे (डिस्कोफ) ले “ऋण लगानी, असुली व्यवस्थापन तथा देखिएका समस्या र समाधानका उपायहरू” विषयक दुईदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
जिल्ला सहकारी संघको आयोजना तथा बागमती प्रदेश सरकारअन्तर्गत सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागत साझेदारीमा सञ्चालन गरिएको उक्त तालिम माघ ११ र १२ गते धुलिखेलस्थित सनराइज रिसोर्टमा सम्पन्न भएको हो।

तालिमको समापन समारोहमा संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यता थियो । उहाँले सहकारी संस्थामा ऋण लगानीको गुणस्तर सुधार, प्रभावकारी असुली प्रणाली र जोखिम व्यवस्थापन वर्तमान अवस्थामा अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमहरूले सहकारीको संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
तालिममा सहकारी विज्ञ कुवेर निरौलाले सहकारी संस्थामा देखिने व्यवहारिक समस्या, ऋण असुलीमा देखिएका कमजोरी, कानुनी तथा व्यवस्थापकीय पक्ष र समाधानका उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको संयोजन शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक शान्ति लामा तामाङले गर्नुभएको थियो भने स्रोत परिचालन तथा अन्तर लगानी उपसमितिका संयोजक अर्जुनप्रसाद सापकोटाले सह–संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रम सञ्चालन संघका सचिव प्रकाश बन्जाराले गर्नुभएको थियो।
समारोहमा कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल दाहाल, संस्थापक अध्यक्ष विवेक राज ठकुरी, संघका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, कर्मचारी तथा विभिन्न प्रारम्भिक सहकारी संस्थाका समिति, उपसमिति र ऋण विभागमा कार्यरत कर्मचारी गरी ८३ जनाको सक्रिय सहभागिता रहेको थियो।
तालिममा सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी, व्यवहारिक र प्रभावकारी रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार