२७ माघ २०८२, मङ्गलबार

जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न

२०८२ पुष ३०, बुधबार
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न

काठमाडौं : जिल्ला सहकारी संघ लि. काठमाडौंको २६औं वार्षिक साधारण सभा बुधबार हार्दिक होटल बागबजारमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष सुमन के.सी.को सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघ लि. नेपालका उपाध्यक्ष डि.बी. बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारण सभामा संघका सल्लाहकार तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकाल, संघका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका सञ्चालक टेकप्रसाद चौलागाई, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुमन के.सी.ले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा तथा आ.व. २०८२/८३ को लागि प्रस्तावित बजेट, नीति, योजना तथा कार्यक्रम, लेखा सुपरीवेक्षण समितिका संयोजक रविन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन लगायत पूर्व निर्धारित ७ वटा प्रस्ताव उपर छलफल गरी पारित गरेको छ।

प्रतिवेदन पेश गर्नुहुँदै अध्यक्ष के.सी.ले सहकारीहरु सबल, सक्षम र गतिशील बन्ने कुरामा जिल्ला दृढ विश्वास रहेको बताउनुभयो । निजी क्षेत्र सँगको अस्वस्थ प्रतिस्पर्धा, अर्कोतर्फ विकास, संवद्र्धन र प्रवद्र्धन भन्दा नियमनलाई प्राथमिकता दिने प्रवृत्ति, एकपछि अर्को गर्दै नियमनकारी संस्था मात्र थप्ने र फरक फरक नियामकबाट फरक फरक निर्देशन मात्र जारी हुनु, अर्थतन्त्रमा परेको प्रतिकूल प्रभाव, सदस्यहरूबीचको असमञ्जस्यता अभियानका उद्देश्यमा देखिएका विविधता तथा नियमनकारी संरचनामा सक्रिय छद्मभेषीहरूको व्यक्तिगत स्वार्थ प्रेरित गतिविधिका कारण हाल सहकारी क्षेत्रमा धमिला बादलहरू मडारिइरहेको बताउनुभयो ।

अध्यक्ष के.सी.ले सहकारी ऐन तथा नियमानुसार ऋणको वर्गीकरण गर्दा संघ पूर्ण नोक्सानीमा देखिने कार्यहरूको परिणाम शून्यप्रायः हुने, सदस्य संघ/संस्थामा नैराश्यता फैलिने जस्ता चुनौतीहरू भए तापनि संघको कार्यसञ्चालनलाई पारदर्शिता सहित परिणाममुखी बनाउन हालको सञ्चालक समिति निरन्तर कृयाशील रहने दृढ प्रतिवद्धता गर्नुभयो ।

सकारात्मक पक्षहरू मात्र देखाउने वा नकारात्मक पक्षहरू ढाकछोप गर्ने प्रवृत्ति भन्दा वास्तविक अवस्थालाई स्पष्ट रूपमा प्रस्तुत गर्दा नै संघ र सदस्य संस्थाको हित हुने विश्वास संघले राखेको उनले बताउनुभयो ।

सदस्य सहकारी संस्थाहरूलाई सबल, सक्षम र गतिशील बनाउने, स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने , सहकारी क्षेत्रप्रति जनविश्वास अभिवृद्धि गर्ने, रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धन गर्ने, सहकारी आन्दोलनलाई दिगो र आत्मनिर्भर बनाउने संघको प्रमुख लक्ष्य रहेको अध्यक्ष के.सी.ले बताउनुभयो । त्यस्तै उक्त लक्ष्य हासिल गर्न संघले क्षमता विकास केन्द्रित रणनीति, अनुगमन तथा मूल्याङ्कन रणनीति, सहकार्य विस्तार रणनीति, प्रविधि उपयोग रणनीति र सदस्य केन्द्रित रणनीति तय गरिएको उहाँले बताउनुभयो ।

संघले तालिम तथा क्षमता विकास कार्यक्रम, अनुगमन तथा परामर्श कार्यक्रम, सहकारी प्रवद्र्धन तथा सचेतना कार्यक्रम, प्रविधि तथा डिजिटल कार्यक्रम र समाजिक उत्तरदायित्वका कार्यक्रमहरु चालु आर्थिक वर्षमा गर्ने उहाँले बताउनुभयो ।

संघको सेयर पुँजी १ करोड १४ लाख, निक्षेप ८८ हजार रहेको छ । संघको सञ्चिक नोक्सान ४८ लाख ६४ हजार रहेको छ । संघमा १ हजार ९ सय ७९ सदस्य आवद्ध छन्।

अभिलेख

लोकप्रिय