सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबार गर्न नपाउने व्यवस्था कार्यान्वयन गर्न जारी गरेको निर्देशन अब सहकारीहरूमा पनि लागू हुने जनाएको छ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले सूचना जारी गर्दै पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबार नहुने स्पष्ट पारेका छन्। पाँच लाख रुपैयाँभन्दा माथिको कारोबार बैंक चेक तथा डिजिटल माध्यममार्फत मात्र हुने सहकारीहरूले जनाएका छन्।
राष्ट्र बैंकले माघ १ गतेदेखि पाँच लाख रुपैयाँभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा ‘एकाउन्ट पे’ चेकमार्फत वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ। साथै, कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी पनि अनिवार्य रूपमा ‘एकाउन्ट पे’ हुनुपर्ने व्यवस्था गरिएको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणमा सघाउन, नगद कारोबारलाई निरुत्साहित र डिजिटल भुक्तानी कारोबारलाई प्रोत्साहन गर्न भन्दै सरकारले आउँदो १ माघदेखि पाँच लाख वा सोभन्दा बढीको नगद कारोबार गर्न नपाउने निर्णय गरेको थियो ।
अहिले सर्वसाधारणले १० लाख वा सोभन्दा बढी रकमको कारोबार नगदमा गर्न नपाउने व्यवस्था छ । सरकारले त्यो सीमा घटाएर पाँच लाख कायम गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार