बदलिँदो सहकारी परिदृश्य: किन चाहियो सामूहिक रणनीतिक संवाद?
नेपालको बचत ऋण सहकारीको केन्द्रीय संघ नेफ्स्कूनको आयोजनामा यही पौष ३ र ४ गते ललितपुरमा बचत ऋण सहकारीहरुको शिखर गोष्ठी सम्पन्न हुँदैछ। सहकारीको बदलिँदो कानुनी परिदृष्यमा यस्ताखाले सामूहिक संवादले अभियानलाई अझै सशक्त र सक्षम बनाउने विश्वास लिइएको छ ।
सहकारी क्षेत्र आज वित्तीय अनुशासन, संस्थागत विश्वसनीयता र सदस्य सुरक्षाजस्ता आधारभूत स्तम्भहरू फेरि मजबुत बनाउनुपर्ने मोडमा उभिएको छ । केही सहकारीहरूमा देखिएको अव्यवस्थित विस्तार, जोखिम परीक्षणको कमजोरी, पारदर्शिताको अभाव तथा दुरुपयोगका घटनाले सहकारी क्षेत्रको प्रतिष्ठामा प्रभाव परेको छ ।
त्यसमाथि, नियामक निकायहरूबाट लागू हुँदै आएका नयाँ मापदण्ड, पुँजी व्यवस्थापनका कडा व्यवस्था र लेखापरीक्षणको नयाँ मापदण्ड तथा सूचना प्रणालीको आधुनिकीकरणले सहकारीहरूलाई अब ‘पहिले जस्तै’ गरी सञ्चालन गर्न कठिन हुँदै गएको छ ।
यस्तो चुनौतीपूर्ण परिवेशमा नेफ्स्कूनले आयोजना गरेको साकोस शिखर गोष्ठी–२०८२ सहकारीहरूको रणनीतिक भविष्य तय गर्ने साझा थलो बन्न सक्छ । नेतृत्व परिवर्तनको आवश्यकता, सहकारी मूल्य र सिद्धान्तको पुनस्र्थापना, सदस्य–केन्द्रित सेवाको पुनर्रचना, तथा सुशासनलाई व्यवहारमै उतार्ने स्पष्ट कार्यविधि तय गर्न यस्ता उच्च–स्तरीय गोष्ठीहरू अत्यावश्यक हुन्छन् ।
कार्यक्रममा सहभागी संस्थाहरूले प्राधिकरणका मापदण्डहरु, स्वनियमन, आन्तरिक नियन्त्रण तथा वित्तीय सुरक्षणका प्रविधि सिकेर आफ्ना संरचनात्मक कमजोरी सुधार्न सक्नेछन् । सहकारी क्षेत्रलाई दीगो, उत्तरदायी र पुनःभरपर्दो बनाउन अहिले यस्ताखाले संवाद, समन्वय र ज्ञान आदान–प्रदानको सामूहिक संवाद कार्यक्रम अपरिहार्य बनेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार