बदलिँदो सहकारी परिदृश्य: किन चाहियो सामूहिक रणनीतिक संवाद?
नेपालको बचत ऋण सहकारीको केन्द्रीय संघ नेफ्स्कूनको आयोजनामा यही पौष ३ र ४ गते ललितपुरमा बचत ऋण सहकारीहरुको शिखर गोष्ठी सम्पन्न हुँदैछ। सहकारीको बदलिँदो कानुनी परिदृष्यमा यस्ताखाले सामूहिक संवादले अभियानलाई अझै सशक्त र सक्षम बनाउने विश्वास लिइएको छ ।
सहकारी क्षेत्र आज वित्तीय अनुशासन, संस्थागत विश्वसनीयता र सदस्य सुरक्षाजस्ता आधारभूत स्तम्भहरू फेरि मजबुत बनाउनुपर्ने मोडमा उभिएको छ । केही सहकारीहरूमा देखिएको अव्यवस्थित विस्तार, जोखिम परीक्षणको कमजोरी, पारदर्शिताको अभाव तथा दुरुपयोगका घटनाले सहकारी क्षेत्रको प्रतिष्ठामा प्रभाव परेको छ ।
त्यसमाथि, नियामक निकायहरूबाट लागू हुँदै आएका नयाँ मापदण्ड, पुँजी व्यवस्थापनका कडा व्यवस्था र लेखापरीक्षणको नयाँ मापदण्ड तथा सूचना प्रणालीको आधुनिकीकरणले सहकारीहरूलाई अब ‘पहिले जस्तै’ गरी सञ्चालन गर्न कठिन हुँदै गएको छ ।
यस्तो चुनौतीपूर्ण परिवेशमा नेफ्स्कूनले आयोजना गरेको साकोस शिखर गोष्ठी–२०८२ सहकारीहरूको रणनीतिक भविष्य तय गर्ने साझा थलो बन्न सक्छ । नेतृत्व परिवर्तनको आवश्यकता, सहकारी मूल्य र सिद्धान्तको पुनस्र्थापना, सदस्य–केन्द्रित सेवाको पुनर्रचना, तथा सुशासनलाई व्यवहारमै उतार्ने स्पष्ट कार्यविधि तय गर्न यस्ता उच्च–स्तरीय गोष्ठीहरू अत्यावश्यक हुन्छन् ।
कार्यक्रममा सहभागी संस्थाहरूले प्राधिकरणका मापदण्डहरु, स्वनियमन, आन्तरिक नियन्त्रण तथा वित्तीय सुरक्षणका प्रविधि सिकेर आफ्ना संरचनात्मक कमजोरी सुधार्न सक्नेछन् । सहकारी क्षेत्रलाई दीगो, उत्तरदायी र पुनःभरपर्दो बनाउन अहिले यस्ताखाले संवाद, समन्वय र ज्ञान आदान–प्रदानको सामूहिक संवाद कार्यक्रम अपरिहार्य बनेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार